२४ असार २०८१ सोमबार
image/svg+xml

मुगुमा जहाज नआउँदा बिरामीलाई सास्ती

मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका-२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन्।

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ।

कर्णालीका अस्पतालमा बिरामीको भीड

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ।

जहाज कुर्दा कुर्दै कोल्टीमा बिरामीको मृत्यु

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्।

लम्पी स्किन: पशु बिरामी हुँदा दूध उत्पादन घट्दै

व्यावसायिक रुपमा पशुपालन गरेका किसानलाई अहिले पशुमा लाग्ने लम्पी स्किन रोगको त्रास छ। धमाधम पशु बिरामी परेको र केहीको मृत्यु भएपछि पशुपालक किसान चिन्तामा छन्। पशु बिरामी परेपछि दूध उत्पादन स्वात्तै घट्ने पशुपालक किसानको भनाई छ।

कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी

कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशका अस्पतालहरूमा हाल डेंगीका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको बताए।

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कालिकोटमा एकै गाउँका ३ सय ११ जना बिरामी

कालिकोटको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन्।

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।

विषाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन्।

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित

दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो।

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्