२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका-२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन्।

राक्सिराङ-२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए। विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन्।

च्याउ खाएपछि बान्ता आउने लगायत समस्या भएपछि उनीहरूलाई सरिखेत स्वास्थ्य चौकीमा सामान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले  भरतपुर पठाइएको  त्यहाँका प्रमुख प्रकाश कार्कीले बताए।  

प्रकाशित: २४ श्रावण २०८० ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App