१२ असार २०८१ बुधबार
image/svg+xml

ज्वरो र झाडापखाला नियन्त्रण उन्मुख

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा देखा परेको ज्वरो र झाडापखालाको समस्या नियन्त्रण उन्मुख भएको छ।

दैलेखमा १० जनामा ज्वरो देखियाे

दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ । ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ। दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए। ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो।

रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु

फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो।

डोल्पामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना नभएको पुष्टि

कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनिरहेको बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने विकट गाउँ करेलीकाँडामा फैलिएको रुवाखोकी र ज्वरोको प्रकोप कोरोना भाइरस नभएको पाइएको छ। डोल्पाको करेलीकाँडामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना भाइरस नभएर इन्फल्युन्जा ए भएको ल्याब परिक्षणबाट खुलेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले बताए।

करेलीकाँडाबाट फर्कियो चिकित्सक टोली

रुघा–खोकी तथा ज्वरो प्रभावित क्षेत्र डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ।

रुघाखोकी र ज्वरो प्रभावित करेलीकाँडाका बासिन्दा सामान्य हुँदै

डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा फागुनको पहिलो साताबाट फैलिएको मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना बिरामी परेका थिए।

खुलेन बिरामीको कारण

फागुन १९ गते त्रिपुरसुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा रुघाखोकी र ज्वरोले घरैपिच्छे मानिसहरू थलापरेको समाचार नागरिक दैनिकमा छापिएपछि जिल्लामा सनसनी फैलियो।

रुघाखोकी र ज्वरोले सिंगो गाउँ थलियो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ।

रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना ओछ्यानमै थला परे

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। रुवाखोकी र ज्वरोले ८० जना ओछ्यानमै थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनेको छ। जाडो छल्न काठमाण्डौ गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसंगै रुवाखोकी र ज्वरोको प्रकोप फैलिएको हो।

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

नियन्त्रण नजिक भाइरल ज्वरो, उपचारपछि बिरामी घट्दै

हिमाली र स्वामिकात्र्तिक गाउँपालिकामा देखिएको भाइरल ज्वरोको संक्रमण कम हुँदै गएको छ। स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार सेवा सञ्चालन गरेपछि बिरामीको संख्या थपिने क्रम घटेको छ। बिरामी बाहेक थप व्यक्तिहरुमा संक्रमण नदेखिएको र अवस्था सहज हुँदै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

हिमाली गाउँपालिका-६ मा देखिएको ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाईएको छ । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाएको हो । एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाईएको वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

ज्वरोले गाउँ नै प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

हिमाली गाउँपालिका ६ को सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित बनेको छ। सुरुमा केही व्यक्तिमा देखिएको ज्वरोको संक्रमण हप्तादिन नुपग्दै गाउँभर नै फैलिएको हो। गाउँमा हालसम्म १ सय ५० बढी बिरामी परेको स्थानीय गोरख सार्कीले बताए।

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्