२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

मौसममा परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। अस्पताल र जिल्लाका स्वास्थ्य संस्थामा मौसमी ज्वरोका बिरामी बढेका हुन्।

लगातार वर्षाका कारण भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेको स्वास्थ्यकर्मी बताउँछन्। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।

जसमध्ये आधा जसो भाइरल ज्वरो देखिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनका निरन्तर अनुसार वर्षा भइरहेको र दूषित पानीको प्रयोगले भाइरल ज्वरोका बिरामी बढेका हुन्। उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा. दीपेश श्रेष्ठले बताए।

मौसममा परिवर्तन र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन अस्पताल प्रमुख डा. श्रेष्ठले आग्रह गरे। यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाईमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन्। 

प्रकाशित: १७ श्रावण २०७९ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App