४ असार २०८१ मंगलबार
image/svg+xml

कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि

कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।

ज्वरोको बिरामी बढेसँगै पठनपाठनमा समस्या

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्। भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ।

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ। अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन्।

बालबालिकामा ज्वरो र निमोनिया: दुई सातामा ३७ जना अस्पताल भर्ना

दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो।

'बहुत कमजोरी महसुस होइछै'

गोलबजार–९ धोबियाधार किनारमा सुकुमबासीका रूपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान, शीतलहरमा चिसो त खेप्दै आएका थिए, पछिल्लो एक वर्षयता कोरोनाको कहर खेप्नुपरेको छ। वर्षा, चिसोभन्दा खतरनाक छ, यस समुदायका लागि कोरोना। किनभने, यो महामारीले उनीहरूको रोजगारी मात्र खोसेको छैन, जीवनमा बेहिसाब ऋणको भारी थोपरिदिएको छ।

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ।' मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए।

ज्वरो परीक्षण गर्न दश हजार खर्च

पछिल्लो समय कालाजार, मलेरिया, डेंगीका बिरामी पहाड र हिमालमा फेला पर्न थालेका छन्। यातायात, वातावरणीय प्रदुषण र जलवायु परिवर्तन कारण किटजन्य रोग हिमाल चढ्न थालेको विज्ञको भनाइ छ।

ज्वरो र उदयपुरेदेखि अस्पताल त्राहिमाम

विराटनगरका अस्पतालमा ज्वरो आएर जचाउन जाने र उदयपुरबाट विभिन्न समस्या परेका आएका बिरामीलाई कोरोनाको आशंका गरी डाक्टरले नहेरिदिँदा बिरामीको मृत्युसमेत हुने गरेको छ ।

ज्वरो र उदयपुरदेखि डराउँदै निजी अस्पताल

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गर्दा सबै क्षेत्रमा त्यसको ठूलो असर परेको छ । लकडाउनका कारण आर्थिक क्षेत्रमा ठूलै क्षति भए पनि मानवीय कुरा औषधिको हो, त्यस क्षेत्र झन् ठूलो समस्या सिर्जना हुन थालेको छ ।

ज्वरोका विरामीलाई औषधि बोक्दै वडा अध्यक्ष

बडिमालिका नगरपालिका ४ रिला गाउँमा ज्वरोका विरामी देखिए। ज्वरो आएलगत्तै उनीहरु उपचार तर्फ लागे, तर उपचारमा समस्या देखियो। स्वास्थ्य संस्थादेखि निजी मेडिकलले स्वयम विरामीलाई नजिक गएर उपचार गर्न तयार भएनन्। मौसमी संक्रमणबाट ज्वरो आएपनि कोरोनाकै त्रास सबैतिर फैलियो। यतिसम्म की विरामीलाई सवारी समेत साधनले बोक्न मानेनन्।

बाजुरामा ज्वरोका विरामी देखिए

बडिमालिका नगरपालिका ४ रिलामा ज्वरोका विरामी देखिएका छन्। भारतबाट फर्किएका तीन जनामा सामान्य ज्वरोको लक्षण देखिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्