५ आश्विन २०८१ शनिबार
image/svg+xml

वाइड बडी प्रकरण : छानबिन प्रतिवेदनमा छलफल नहुँदै आयोग

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी घोटाला विषयमा तयार गरेको प्रतिवेदनमाथि छलफल हुन नपाउँदै सरकारले छानबिन आयोग गठन गरेको छ।

द्वन्द्वकालीन मुद्दा छानबिन आयोग : म्याद थप अन्तिम विकल्प

घोराहीकी द्रोपदा न्यौपानेलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ताका क्रममै न्याय मिल्ला कि नमिल्ला भन्ने शंका थियो। झिनो आशा राखेर उजुरी दर्ता त गराइन् तर वर्षौं बितिसक्दा पनि त्यसबारे के भइरहेको छ भन्ने द्रोपतालाई अत्तोपत्तो छैन। ‘द्वन्द्वकालमा पति मारिनुभयो, न्याय पाउने आसमा वर्षौं बिते,’ उनले भनिन्, ‘आयोगमा दर्ता गराइएको उजुरीले न्याय दिलाउला कि भन्ने झिनो आस पनि मर्‍यो अब त !’ २०६१ सालमा उनका पति गणेशको तत्कालीन विद्रोही पक्षबाट हत्या गरिएको थियो।

वाइड बडीमा साढे चार अर्ब घोटाला

संसदीय छानबिन उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको ठहर गरेको छ। उपसमितिले घोटालामा संलग्न भएको भन्दै पूर्व दुईसहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई कारबाही सिफारिस गरेको छ।

एन्फामाथि थप आरोप

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वविरुद्ध १४ बुँदे आरोप लगाउँदै नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फामा व्यापक आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्।

दाङ बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

भारतमा बरामद सुन नेपालबाटै गएको आशंका

भारतको राजस्व अनुसन्धान विभागले बरामद गरेको ३३ किलो सुन नेपालबाटै गएको आशंका गरिएको छ। ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले पक्राउ परेका व्यक्ति र परिणामका आधारमा सो सुन नेपालबाटै गएको आशंका गरेको हो।

सत्य खोज्न आफै जुटे द्वन्द्वपीडित, सातै प्रदेशमा ‘सत्यको बयान’

न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्ष नदिएपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा जुटेका हुन्।

बेपत्ता आयोगले पीडकलाई बयानका लागि बोलाउने

बेपत्ता छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरी अनुसन्धानका क्रममा दोषी देखिएका पीडकलाई बयानका लागि बोलाउने तयारी गरेको बताएको छ। आयोगमा उजुरी दर्तापछि गरिएको अनुसन्धानले पीडितका कुरा सुनेपछि पीडकलाई बयानका लागि बोलाउने तयारी भैरहेको अध्यक्ष लोकेन्द्र मल्लिकले बताए।

लाइसेन्स बिक्रीबारे छानबिन गरिने

प्रतिनिधिसभाको अर्थ समितिले माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको लाइसेन्स लिएको भारतको जीएमआर कम्पनीले चिनियाँ कम्पनीलाई लाइसेन्स बिक्री गरेको विषयमा छानबिन गर्ने भएको छ।

चिनीको अनियमितताको छानविन गर्न अख्तियारलाई निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।

कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरबाही भएको यथार्थ जान्दाजान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ।

सिक्टा छानबिन प्रतिवेदन मन्त्री पुनलाई

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा देखिएको अनियमितता छानबिन गर्न गठित समितिले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ।

यथास्थितिमा अायाेजना अघि नबढाउन स्थानीयको आग्रह

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई यथास्थितिमा अघि नबढाउन स्थानीय बासिन्दाले संसदीय समितिसँग आग्रह गरेका छन्।

प्रतिवेदन सार्वजनिकमा ढिलाइले थप आशंका

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताको वास्तविकता चाँडोभन्दा चाँडो सार्वजनिक गर्ने गरी काम थालेको सरकारी छानबिन टोलीले अन्तिम प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ।

के सक्कली के नक्कली

हाम्रा सरकारी निकायमा कुनै काम पन्छाउन मन लाग्दा अपनाइने उत्तम विधि हो– छानबिन। छानबिनका नाममा समिति वा आयोग गठन आमप्रचलनका रूपमा रहेको छ। कुनै पनि समस्या आउनासाथ छानबिन समिति बनिहाल्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्