५ आश्विन २०८१ शनिबार
image/svg+xml

बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति बन्ने

महोत्तरी औरहीमा भएको आठ महिने बालिका सोनाली चौधरी हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ।आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने जानकारी गराएका हुन्।

निर्मलालाई न्याय

महेन्द्रनगरकी १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना पुगेको छ। निर्मलाको न्याय प्राप्तिका निम्ति भएका संघर्षको यो महिनामा हाम्रो राज्य संरचनाभित्र मौलाएको अकर्मण्यतासमेत उजागर भएको छ ।

निर्मला हत्याकाण्ड : प्रहरीमाथि पनि छानबिन माग

निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्नेलाई बचाउन शंकास्पद भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक डिल्ली बिष्टसहितका प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित पक्षले गरेको छ। निर्मला बेपत्ता भएकै दिन जानकारी गराएको तर प्रहरीले खोजी गर्न आनाकानी गरेको, उनी बेपत्ता भएको रोशनी बमको घरबाट अनुसन्धान सुरु गर्न नमानेको र विभिन्न झुटा विवरण जुटाएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेकाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित एवं स्थानीयले राखेका हुन्।

छानबिन समितिको प्रतिवेदनमाथि भरोसा

परीक्षणकै क्रममा दुई वर्षअघि ढकेरीस्थित झिझरी खोलाछेउमा सिक्टाको पश्चिम मूल नहर भत्केपछि छानबिनका लागि चौतर्फी रुपमा आवाज उठ्यो। मन्त्रालय, विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा–छट्टै रुपमा छानबिन अघि बढाए ।

भक्कानिए द्वन्द्वपीडित

बेपत्ता व्यक्ति छानबिन आयोगसँग बयान दिनेक्रममा द्वन्द्वको घाउ कोट्याउँदै पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्।

‘गुपचुप नहोस् छानबिन प्रतिवेदन’

घरको छतबाट लडेर छोराको खुट्टा भाँचिएपछि उपचार गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएका तातोपानी गाउँपालिका २ का रामबहादुर रावतको अस्पताल बसाइ राम्रो भएको छैन। उनी अस्पताल क्षेत्रमा असुरक्षाको अनुभूति गर्ने गरेका छन्।

जुम्ला घटनाको छानबिन सुरु

चिकित्साशिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचारकक्षमा अनशनरत रहेका बेला डा.गोविन्द केसीलाई बलजफ्ती काठमाडौं लैजाँदा साउन ३ मा भएको घटनाको छानबिन सुरु भएको छ।

स्थानीय भन्छन्– काम हुनुपर्‍यो, दोषीलाई उम्किन दिनुभएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडाैं लैजाने क्रममा भएको घटनाको छानबिन गर्न साउन ९ गते प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्याे।

छानबिन समिति अन्योलमा

चिकित्साशिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लैजाँदा भएको जुम्ला अस्पताल घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समिति अन्योलमा छ।

छानबिन गर्न आयोग

सरकारले समाज कल्याण परिषदभित्रको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन पेस गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँचसदस्यीय छानबिन आयोग गठन गरेको छ।

छिटो छानबिन गर्न स्थानीयको माग

जुम्लावासीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको घटनाको तत्काल छानबिन थाल्न माग गरेका छन् । उनीहरुले प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि छानबिन सुरु नगर्नु दुखद भएको बताएका छन्।

‘सिक्टा आयोजनामाथि छानबिनमा ढिलाइ नहोस्’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ।

छानबिन सुरुआत काठमाडौंबाट

अनशन बसेको २०औं दिनमा डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको क्षतिको छानबिन गर्न कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कार्यकारी परिषद्ले एक साताअघि छानबिन समिति गठन ग-यो।

सिक्टा नहरको गुणस्तर छानबिन गर्न माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किएपछि कामको गुणस्तरबारे छानबिन गर्न माग गरिएको छ । सिक्टाको पश्चिम (दायाँ) मूल नहर परीक्षण गर्ने क्रममा सोमबार राप्तीसोनारी–८ र ९ ढकेरीमा पर्ने चंगाई खोलानजिक भत्किएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्