४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बैंकका कर्जा प्रमुख छानबिन दायरामा

जथाभावी ऋण प्रवाह गरेर अनुचित लाभ लिएको विषयमा बैंक तथा वित्तीय संस्थाका कर्जा विभाग प्रमुखहरुमाथि सम्पत्ति शुद्धीकरण विभागले सोधखोज गरेको छ।

क्षेत्राधिकार मिचेर आदेश दिने न्यायाधीशमाथि छानबिन

सर्वोच्च अदालतले सो विषयमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले गत मंगलबार क्षेत्राधिकार मिचेर गरेको आदेश स्वतः बदर हुने ठहर गर्दै सो आदेश गर्ने न्यायाधीशहरूमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन आफैं अध्यक्ष रहेको न्यायपरिषद्मा पठाउने आदेश दिएका थिए।

प्रतिवेदन सार्वजनिक भएकोमा प्रधानमन्त्रीको आपत्ति

छानबिन समितिको प्रतिवेदन कुलपतिलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै उनले त्यस्तो कार्य आफूलाई सैह्य हुन नसक्ने बताए।

उपकुलपति भण्डारीमाथि कारबाही सिफारिस

सरकारले गठन गरेको छानबिन समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगिता भण्डारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा जेठ ३० गते गठन गरिएको छानबिन समितिले प्रतिष्ठानकी उपकुलपति प्राडा भण्डारी अनियमिततामा संलग्न रहेको निष्कर्षसहित बर्खास्त गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष सिफारिस गरेको हो। उपकुलपति भण्डारी अनियमिततामा संलग्न रहेको निष्कर्षसहित मन्त्रीयादवसमक्ष प्रतिवेदन बुझाएको छानबिन समितिका एक सदस्यले नागरिकलाई जानकारी दिए।

स्थानीय तहको भ्रष्टाचार छानबिन हुने

स्थानीय तहमा भएको अनियमितता र भ्रष्टाचारसम्बन्धी मुद्दाको प्रारम्भिक छानबिन सरकार आफैंले गर्ने भएकोछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै स्थानीय तहमा भएका अनियमितता र भ्रष्टाचारको छानबिनमा सहयोग गर्न स्थानीय तहलाई अनुरोधसमेत गरेको छ।

महन्त निलम्बित, छानबिन सुरु

विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको संस्थानका अध्यक्ष मीनराज चौधरीले बताए। ‘विभिन्न जिल्लामा जग्गा बिक्री गरेको सञ्चारमाध्यमबाट थाहा पाएपछि जगन्नाथलाई निलम्बन गरेका छौं,’ चौधरीले मंगलबार नागरिकसँग भने, ‘जग्गा बिक्रीको विषयमा छानबिन गरेर कारबाही गर्छौं।’

नक्कली आरोहण सिफारिसमाथि छानबिन सुरु

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियाजोन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका आरोहीलाई आरोहणको सिफरिस गरेको पाइएको छ। सम्पर्क अधिकारीले प्रमाणित गरेपछि पर्यटन विभागले भारतीय पर्वतारोही नाहिता मञ्जुरलाई सगरमाथा चुचुरोमा पुगेको प्रमाण पत्र दिएको हो।

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो।

डेढ करोडको खर्चमा ८६ लाख भ्रष्टाचार

प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ।

धादिङ कारागार बेथिति प्रकरण: छानबिन समिति गठन

सहायक प्रजिअ अर्जुनकुमार शर्मा गुरागाइंको संयोजकत्वमा प्रनाउ प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरी समिति गठन।

पाँचथर सामूहिक हत्या प्रकरण संसदमा प्रवेश, गृहमन्त्रीसँग जवाफ माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।

आरएसएफद्वारा पत्रकारमाथिको छानबिन रोक्न आग्रह

रिपोटर्स् विदआउट बोर्डर (आरएसएफ)ले राष्ट्रिय समाचार समितिमा कार्यरत तीनजना पत्रकारमाथिको छानबिन रोक्न सरकारसँग आग्रह गरेको छ। राससमा दलाई लामाको स्वास्थ्यका विषयमा प्रकाशित समाचारलाई लिएर चीनले दबाब दिएका कारण पत्रकारमाथि छानबिन सुरु गरिएको भन्दै उसले छानबिन रोक्न माग गरेको हो।

हिरासतमा आत्महत्याको सत्यतथ्य बुझ्न छानबिन समिति

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका आरोपितले आत्महत्या प्रयास गरेको घटनामा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको छ। पीडित, प्रहरी र सरोकारवालासँग छलफल गरेर पाँच बुँदे सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए। जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा १२ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्