८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठूलढुङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

गुणादीको पहिरोमा पुरिएर सडक छेउमा पर्खाल लगाउँदै गरेका दुई मजदुरको मृत्यु

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ताप्लेजुङमा तीनको मृत्यु तीन बेपत्ता

पहिरोमा परी गम्भीर घाइते एकजनालाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी विराटनगरतर्फ लगिए पनि खराब मौसमका कारण हेलिकोप्टर पिनासेघाटमा अवतरण गरिएको छ।

अत्यधिक गर्मीका कारण भारतमा मृत्यु हुनेकाे संख्या ९८ पुग्याे

भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्।

भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु

भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।

सडक दुर्घटना: सातामा पाँच जनाको मृत्यु

रास्कोट–२ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो। दुवै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव

सर्लाहीको चन्द्र नगर गाउँपालिकाका पूर्व अध्यक्ष सवार भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा भएको छ।

गर्भवती तथा सुत्केरीलाइ अकाल मृत्युबाट जाेगाउन आवास गृह सेवा सुचारु

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह संचालन गरेको छ। जिल्लामा जटिल अवस्थामा भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह बनाइएको हो।

ढुंगा खस्दा हुम्लामा बालकको मृत्यु

हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्