१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चट्याङ लागेर एकको मृत्यु

नवलपरासी(बर्दघाट) सुस्ता (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो।

उनी खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो।चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए। 

प्रकाशित: ६ असार २०८० ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App