५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ढुंगा खस्दा हुम्लामा बालकको मृत्यु

हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो।

ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन्। घाइते हुनेमा सर्केगाड-८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन्। दुवै बाख्रा चराउन वनमा गएका थिए। रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए।

ऐडीको दाहिने हात भाँचिएको छ। उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ।  

प्रकाशित: २८ जेष्ठ २०८० ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App