कोमामा कृषि क्याम्पस
लगभग तीन महिनादेखि रामपुर क्याम्पसको अध्ययन–अध्यापन ठप्प छ। दैनिकजस्तो आन्दोलन, हड्ताल, आगजनी लगायतका समाचार प्रशस्तै पढ्न पाइन्छ। सवाल चाहिँ विश्वविद्यालयले केही नयाँ कलेजहरूलाई सम्बोधन दिएकोबारे हो। म आफू पनि त्यही क्याम्पस पढेर आएको हुनाले आन्दोलनको विषयमा केही बोल्नैपर्ने भयो। आन्दोलन र यसको उपजमा जानु अगाडि एकछिन रामपुर क्याम्पसको चलनचल्ती र बजारबारे चर्चा गरौँ।