९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

अन्तरक्याम्पस भलिबल आजबाट

काठमाडौं – रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा सोमबारबाट उपकुलपति कप अन्तरक्याम्पस पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

आरआर स्ववियुले आइतबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनी मार्गस्थित क्याम्पसको कोर्टमा प्रतियोगिता हुने जानकारी गरायो । प्रतियोगितामा उपत्यकाका १९ र उपत्यकाबाहिरका ३ गरी कुल २२ टोलीले सहभागिता जनाउने आयोजक आरआर स्ववियुका सभापति तपेन्द्र शाहीले जानकारी दिए।

प्रतियोगितामा सहभागी २२ टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट प्रणालिमा सञ्चालन गरिनेछ । दुई समूहबाट विजेता  टोली उपाधिका लागि भिड्नेछन् भने उपविजेता टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ पाउनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार बिहान कैलाली बहुमुखी क्याम्पस र जोरपाटीको जया मल्टिपल क्याम्पसले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २६ चैत्र २०७४ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App