३ मंसिर २०८१ सोमबार
image/svg+xml

सुरु भयो नागरिक मिलीजुली बिजुली अभियान

नेपाल रिपब्लिक मिडियाले 'नागरिक मिलीजुली बिजुली' अभियान इचंगुनारायण मन्दिरबाट शनिबार सुरु गरेको छ। मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले शनिबार नागार्जुन नगरपालिकास्थित इचंगु नारायण मन्दिरमा बिजुलीको बल्ब जडान गरेर अभियान थालेको हो।

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ। हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ।

हात्ती पाइले रोग विरुद्ध कञ्चनपुरमा अभियान

कञ्चनपुर जिल्लामा हात्ती पाइले रोग विरुद्ध औषधी खुवाउन तीन दिने अभियान संचालन गरिने भएको छ ।  राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले चैत ५ गतेदेखि जिल्लाभरीमा अभियान गर्न लागेको छ । जिल्लामा पाँचौं चरण अन्तरगत यसवर्ष पनि औषधी खुवाइन लागेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव दत्त भट्टले जानकारी गराए ।

अभियान सफल भएको एमालेको निष्कर्ष

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

मेची–काली अभियानका पहेली

नेकपा (एमाले) ले झापाको काकडभित्ताबाट सुरु गरेको मेची–महाकाली अभियान उत्साहजनकरूपमा अघि बढ्ने क्रममा सप्तरीमा दुर्दान्त घटनाको कारण ३ दिने अल्पबिरामपछि पुनः हेटाैंडाबाट सुचारु भएको छ ।

बानेश्वर सरसफाइ अभियान १०० औँ हप्तामा

तेस्रो आँखा (थर्ड आइ) युवा क्लबको आयोजनामा सञ्चालित बानेश्वर सरसफाइ अभियानको १०० औँ हप्ताको कार्यक्रम सम्पन्न भएको छ।

'सफाइ अभियान सचेतना फैलाउन सफल'

दुई सय साता अघिसम्म वागमती नदीमा जताततै फोहोरमैला तैरिन्थ्यो। किनारमा पनि उस्तै फोहोरको डुंगुर हुन्थ्यो। यस्ता फोहोर नदी वरपरका बासिन्दाले फ्याँक्थे। फोहोर वागमतीको दुर्गन्धले आजित भएपछि आसपासका स्थानीय वागमती सफाइ अभियानमा जुटे।

हैटौंडाबाट फेरि सुरु भयो एमाले अभियान

सप्तरी घटनापछि स्थगित एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शुक्रबार हेटौंडाबाट फेरि सुरु भएको छ। हावाहुरी र हल्का वर्षाबीच हेटौंडाको भुटनदेवी चौरबाट अभियान सुरु भएको हो। भुटनीदेवी चौरमा आयोजित सभामा एमालेका केन्द्रीय नेताले संविधान संशोधनमा सहयोग नगर्ने पार्टीको अडान दोहोर्‍याए।

एमाले अभियान हेटौंडाबाट शुरू हुन्छ, राेकिँदैनः अाचार्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले आफ्नो पार्टीले २७ गतेबाट हेटौंडाबाट आफ्नो अभियान सुरु गर्ने बताएका छन्।

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने

सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान शुक्रबारबाट पुनः हेटौंडादेखि सुरु हुने भएको छ।

एमालेको मेची- महाकाली अभियान तीन दिन स्थगित

नेकपा एमालेले मेची- महाकाली अभियानका सबै कार्यक्रम तीन दिनका लागि स्थगित गरेको छ। सप्तरी घटना पछि आकस्मिक बसेको एमाले स्थायी समिति बैठकले तीन दिनका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

निर्वाचनको लागि मेची- महाकाली अभियान: रविन्द्र अधिकारी

नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेसका दुईचार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन्। रफत सञ्चार क्लवमा सोमबार भएको साक्षात्कारमा नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताए।

मेची–काली अभियानको सान्दर्भिकता

जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा संस्कृत वाङ्मयको सुप्रसिद्ध उक्ति ‘सर्वेभवन्तु सुखिन’को राजनीतिक व्याख्या गरेका थिए। उनले कुनै खास वर्ग र समुदाय आधारित पार्टीले पार्टीगत राजनीति गरे पनि राजकीय नेतृत्वमा पुग्दा आमजनताको हितको कुरालाई सर्वोपरि राख्नुपर्ने कुरा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्