३ मंसिर २०८१ सोमबार
image/svg+xml

प्रबलीकरणको विशेष अभियान सञ्चालन गरिँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट आंशिकरुपमा क्षति पुगेका निजी अवास प्रबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

कांग्रेसले सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेस बाजुराले आगामी पाँच वर्ष सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको सोमबार बसेको जिल्ला कार्य समिति बैठकले अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो।

सामाजिक अभियानका लागि स्क्वाट

बितेका सात दशकमा भएको समय परिवर्तनसँगै नेपाली राजनीतिमा पनि थुप्रै परिवर्तन भइसकेका छन् । राणाकालीन शासन व्यवस्थादेखि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ । जति राजनीतिक परिवर्तन भए त्यही अनुपातमा नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।

होलीमा प्रहरीको विशेष अभियान

महानगरीय प्रहरी परिसर काठमाडौंले होली पर्वका बेला हुनसक्ने अपराधिक गतिविधि रोक्न विशेष अभियान चलाउने भएको छ।

चुस्त सुरक्षा अभियान

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘प्रदेशको समृद्धिका लागि सुरक्षा अभियान’ सुरुवात गरेको छ । यो अभियानअन्तर्गत प्रत्येक गाउँपालिकामा प्रहरी निरीक्षक र नगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा प्रहरी राख्ने, प्रदेश सदरमुकाम वीरेन्द्रनगरमा अत्याधुनिक कन्ट्रोल रुम र सञ्चार नेटवर्क स्थापना, दुर्गम जिल्लामा खटिने प्रहरीका लागि रासनमा पुनरावलोकन गरिनेछ।

जनतासँग प्रहरी अभियान सुरु गरिने

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५  वटा  निर्णय गरेको छ ।  बिहीबार दिउ“सो बसेको बैठकले जनतासँग प्रहरी अभियान सञ्चालन गर्ने, जनतास“ग मुख्यमन्त्री पाक्षिक टेलिफोन संवाद सुरु गर्ने, कानुन मस्यौदा समिति, भौतिक विकास समिति र सुशासन तथा सदाचार समिति गठन गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

‘समृद्धिका लागि सुरक्षा अभियान’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘प्रदेशको समृद्धिका लागि सुरक्षा अभियान’ को सुरुवात गरेको छ। यो अभियान अन्तर्गत प्रत्येक गाउँपालिका प्रहरी निरीक्षक र नगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा प्रहरी जनशक्तिको व्यवस्था, प्रदेश सदरमुकाम वीरेन्द्रनगरमा अत्याधुनिक कन्ट्रोल रुम, सञ्चार नेटवर्क, दुर्गम जिल्लामा खटिने प्रहरीका लागि रासनमा पुनरावलोकन लगायत छन्।

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

‘सानै छु बढ्न देऊ, बाल विबाह होइन बढ्न देऊ’ भन्ने नारा लिएर बाल विबाहविरुद्ध अभियानरत उदयपुरको जाल्पा एकीकृत विकास समाजले आगामी दिनमा थप पैरवीमूलक योजना सार्वजनिक गरेको छ।

खोरेत रोग फैलन नदिन घरदैलो अभियान

धुलिखेल–१, देवीटार गाउँका पशुवस्तुमा फैलिएको खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी) नियन्त्रणका लागि प्रभावित क्षेत्रका किसानको घर गोठमा पुगेरै सेवा दिने उद्देश्यले एफएमडी नियन्त्रण अभियान सुरु गरिएको छ ।

कांग्रेस सुदृढीकरण नाममा दुई भिन्न अभियान

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले पार्टी संगठन सुधारका लागि एकै दिन दुई फरकफरक नाम दिएर अभियान सुरु गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी राजनीतिसँगै छलफल र भेटघाटमा जुटेका युवा केन्द्रीय सदस्यले सोमबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गरी अभियान घोषणा गरेका हुन्।

पर्यटन नगरी विकास गर्ने अभियान

अघिल्लो बिहीबार स्वयम्भू महाचैत्यमाथि बिहानै नेपालको झण्डा अंकित ठूलो बेलुन उडाइयो । बेलुन नेपाल मण्डल पर्यटन नगरी महोत्सवको उद्घाटन स्वरूप उडाइएको थियो । तीन महिनासम्म चल्ने महोत्सव आगामी वैशाखसम्म विभिन्न चरणमा सम्पन्न हुँदै छ ।

गन्तव्य एक, अभियान अनेक

सन् १९५३ मे २९ मा सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला पुग्यो । त्यसयता सगरमाथा चुचुरो चुम्ने विदेशी र नेपालीको संख्या पाँच हजार नाघिसकेको छ । त्यसमा महिलाको संख्या भने अत्यन्तै न्युन छ । जापनी महिला जुन्को तावेईले सन् १९७५ मा पहिलोपटक सगरमाथा आरोहण गरिन् । त्यसयता करिब तीन सय महिलाले मात्रै सगरमाथाको आरोहण गरेका छन् । अझ यसमा नेपाली महिलाको संख्या भने जम्मा २६ मात्रै छ।

जुम्लामा विद्यालय भर्ना अभियान शुरु

विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ।

बाग्मती सफाई अभियानमा शाखा अधिकृतका नवप्रवेशिहरु

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ।  आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्