६ आश्विन २०८१ आइतबार
image/svg+xml

गाउँ : वृद्धाश्रम

आधुनिक जीवनशैली अपनाउने क्रम बढेसँगै समाजमा परिवारबाट छुट्टिएर बस्ने चलन पनि निकै बढेको छ । पश्चिमा समाजमा छोराछोरी बालिग हुनासाथ अभिभावकबाट छुट्टिने गर्छन् । त्यही संस्कृतिको प्रभावमा परेका नेपालीहरूमा पनि बाबुआमासँग छुट्टिएर अलग बस्ने परिपाटी सुरु भएको छ ।

वैदेशिक रोजगारीले बदलिँदै माझी समुदाय

खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवा माझीगाउँका सोमबहादुर माझी हाल काठमाडौंको नयाँ बानेश्वरमा सहरी जीवनशैली अपनाएर बसिरहेका छन्। सोही ठाउँका बिर्खबहादुर माझी पनि हाल भक्तपुरको ठिमीमा घर बनाएर सुख–सयलका साथ जीवनयापन गरिरहेका छन्।

जीवनशैली नै फेसन

समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरु दिनानुदिन बढेको पाइन्छ। समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरुमा शहरिया युवा पुस्ता निकै अगाडि रहेका छन्। साना नानीदेखि उमेरका पाकाहरु सम्मलाई फेसनले निकै प्रभाव पारेको देख्न सकिन्छ।

सुनै किन चाहियो सुनौलोले हुन्छ भने

सामाजिक सञ्जाललगायतको प्रयोगले फेसन पच्छ्याउनेहरुको संख्या निकै बढेको छ। समय अनुसार फेसन गर्न रुचाउनेहरुको जमात निकै छ। त्यो जमात अरुभन्दा फरक र मौलिक देखिन लालायित छ। शहरिया जीवनशैलीमा रमाउनेहरु प्रायः शिरदेखि पाउसम्म फेसनेबल हुन रुचाउँछन्। झन् अहिलेको फेसनको दुनियाँमा शिरदेखि पाउसम्म सेट मिलाएर लगाउनेको ट्रेन्ड निकै छ।

सडकले फेरिँदै डोल्पालीको जीवन

वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ।

रोगैरोगको चपेटामा काठमाडौंवासी

बाहिरबाट हेर्दा काठमाडौं सहर जति सुन्दर देखिन्छ, यसभित्रको जनजीवन भने त्यति नै कुरूप अर्थात् रोगग्रस्त छ। प्रदूषित वातावरण तथा गलत जीवनशैलीका कारण काठमाडौंवासी विभिन्न रोगका सिकार भइरहेका छन्।

नेपालमा १० लाख बाथरोगी

मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ। विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन्।

कम उमेरमै किन हुन्छ पक्षाघात?

शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्।

फेसन हाम्राे जीवनशैली

प्रशान्त ताम्राकार अहिलेका व्यस्त कलाकार हुन् । उनको परिचय कलाकार शब्दले मात्रै प्रष्ट्याउन सक्दैन । किनभने कलाकारिताको बाटोमा अगाडि बढाउन उनलाई फेसन क्षेत्रले सहयोग गरेको छ । त्यसैले उनी कलाकारितासँगै फेसन कोच र कोरियोग्राफरको रूपमा आफूलाई चिनाउन मन पराउँछन् ।  प्रसान्त यो क्षेत्रमा सुरुवाती दिनदेखि छन् । झन्डै २७ वर्ष यस क्षेत्रसँग बिताइसकेका फेसनका सुरुवाती समयका मोडल प्रशान्तसँग पुष्पा थपलियाले गरेको फेसन संवाद:

‘स्वस्थ जीवनशैली अपनाए मिर्गौला बचाउन सकिन्छ’

हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुुराकानी।

आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै डोल्पालीको जीवनशैली

दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरता अझै कायमै छ।

परिवारमा स्वस्थ जीवनशैली

जाडो यामको बिदा सुरु भएको छ । तपाईंका स्कुले केटाकेटी आँगनमा यताउति उफ्रीपाफ्री गरिरहेका छन् ? उनीहरु आफैँमा मग्न भएर उत्ताउलिँदै यताउति दौडिरहेका छन् ? उसो भए तपाईं भाग्यमानी हुनुहुन्छ ।

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।

जलविद्युत् आयोजनाले फेरियो जीवनशैली

रसुवामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाले जिल्लाबासीको जीवनशैली परिवर्तन गरेको छ। जिल्लामा रहेका जलविद्युत् आयोजनाले पूर्वाधारको विकास गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत दिन थालेपछि रसुवाबासीको जीवनशैली परिवर्तन हुँदै जान थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्