६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रविधिले फेरियो दैनिक जीवनशैली

बजारमा आएका प्रविधि र सामानको प्रयोगले मानवीय जीवनशैली सहज र सरल हुँदै गएको छ। बजारमा आएका प्रविधियुक्त घरायसी सामानका कारण मानवीय दैनिकी सरल हुँदै गएको हो। विशेषगरी घरायसी सामान प्रयोगसँगै जीवनशैली पनि सहज बन्दै गएको छ।  
दैनिक जीवनसँग जोडिएको घरायसी सामानले घरको आकर्षणलाई समेत मजबुत बनाउने गरेको छ । विशेषगरी घरभित्रको सजावट र दैनिक जीवनमा प्रयोग हुने सामानको व्यवस्थापनले पनि घरलाई सुन्दर देखाउने मात्रै नभएर पाहुनको मन समेत जित्ने गरेको छ ।
सामान्यतया घरको प्रवेशद्वारदेखि सिटिङ रुम, पाहुना कक्ष, भान्छामासमेत राखिएका यस्ता सामग्रीले घरको सुन्दरतालाई थप आकर्षक बनाउने गरेको छ । सामान्यतया घरभित्र प्रयोग हुने भाषाको कोठाको डिजाइन, यहाँ प्रयोग भएका रंग रोगन, भान्छाका सामान, टायललगायतले पनि विशेष भूमिका खेल्दछ । भान्छामा प्रयोग हुने किचन सेट, दराज, रेफ्रिजेनेरेटर अनिवार्य हुन् । यी विषयमा गृहणीले विशेष ध्यान दिने गरेका छन् ।
किचनमा रेफ्रिजेरेटर नहुँदा गृहणीलाई समस्या हुने गरेको छ । यसकारण अनिवार्य भएको छ, रेफ्रिजेरेटर । रेफ्रिजेरेटरले व्यस्त जीवनशैलीलाई थप सरल बनाएको छ । रेफ्रिजेरेटरमा खाना, फलपूmललगायत भान्सामा प्रयोग हुने सामग्री राख्दा नसड्ने भएका कारण पनि यसको प्रयोग बढेको हो । गर्मीमा चिसो पानी पिउनेदेखि आइसक्रिम बनाएर खानेका लागि पनि रेफ्रिजेरेटर आजको आवश्यकता हो । अहिले बजारमा विभिन्न ब्रान्डको रेफ्रिजेरेटर पाउने गरेका छन् ।
यस्तै, दैनिक जीवनशैलीसँग जोडिएको छ, वासिङ मेसिन । पानी र समयको अभावमा वासिङ मेसिनले जीवनशैलीलाई सहज बनाएको छ । व्यस्त समयको बीचमा पनि वासिङ मेसिनमा लुगा धुन सक्ने भएकाले दैनिक जीवनशैलीसँग अनिवार्य हुँदै आएको छ । घरमा सजावटका विभिन्न सामग्रीदेखि झ्यालमा प्रयोग गरिने पर्दाले समेत घरको सुन्दरता थप बढाउने गरेको छ ।
घरमा राखिने फर्निचर समेत आधुनिक र आकर्षण बढ्दो छ । अन्य घरको डेकोरेसन भन्दा सामान्य तया फरक देखिनका लागि पनि धेरैले फरक डिजाइनका फर्निचर रोज्ने गरेका छन् । यति मात्रै नभएर कोठमा ओछ्याउने कार्पेटमा समेत नौलोपन खोज्ने गरेको भेटिन्छ ।
आधुनिक जीवनशैलीसँगै यस आरामको दिनचर्या उपभोक्ताले रोज्न थालेका छन् । यही दैनिकिसँग घरायसी सामान नजिक रहेका हुन्छन् । छिमेकिको घरलाई भन्दा फरक देखाउन र घरभित्र आवश्यक सामग्रीलाई ब्रान्डेट देखाउने मानवीय स्वभाव हुन्छ । यही स्वभावका कारण मानव जीवनशैली आधुनिकतासँगै सौखिन बन्दै गएको छ ।
स्मार्ट अप्लाईनेसका डिपुटि म्यानेजर रोसी श्रेष्ठले मानवीय जीवनशैलीमा आधुनिक सामग्रीले सहज बनाएको बताए । ‘विशेषगरी घरमा प्रयोग गरिने किचनका सामान, टेलिभिजन, फर्निचरका सामानले घरलाई आकर्षक बनाउने गरेको छ । मानवीय आवश्यकता र सार्नका लागि पनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।’
उनले भने, ‘स्मार्ट अप्लाइन्सेसले पनि घरभित्र प्रयोगमा आउने विभिन्न सामान बिक्रि वितरण गरिरहेको छ ।’ हाल बजारमा टेलिभिजन, वासिङ मेसिन, एयरकन्डिसन भ्याकुम क्लिनर, माइक्रोवेवको माग बढ्दो रहेको उनले बताए । रेफ्रिजेरेटर, वासिङ मेसिन र भ्याकुम क्लिनरको बजारमा बढ्दो माग छ । पछिल्लो समय सबैको घरमा अनिवार्य रूपमा विभिन्न ब्रान्डका साना तथा ठूला इलेक्ट्रिक फ्यान राखिएको हुन्छ । गर्मीको समयमा सामान्य व्यक्तिदेखि ठूला घरानाका व्यक्तिले समेत उपयुक्त फ्यान प्रयोग गर्ने गरेको स्मार्ट अप्लाइन्सेसका डिपुटि म्यानेजर श्रेष्ठले बताए । ‘अहिले हाम्रो कम्पनीको फ्यान सजिलै बजारमा गइरहेको छ । गर्मीसँगै यसको माग काठमाडौ उपत्यका मात्रै नभएर बाहिर जिल्लामा पनि उत्तिकै खपत भइरहेको छ,’ उनले भने ।
किचनको डिजाइन, डिजाइन अनुसारको आधुनिक सामान मात्रै होइन आधुनिक ग्यास चुल्होको मार्केट बजारमा अत्यधिक छ । हरेक मानिस आधुनिक प्रविधिको उपयोग गरेर  जीवन सहजताका साथ यापन गर्न चाहने श्रेष्ठको भनाइ छ ।
घर तथा कोठा सफा गर्न परम्परागत कुचाको सट्टा अहिले आधुनिक मेसिन ‘भ्याकुम क्लिनर’ प्रयोग हुन थालेका छन् । प्रयोग गर्न सजिलो, सरल र समयको समेत बचत हुने भएका कारण घरायसी उपकरणका रूपमा भ्याकुमाको माग बढ्दै गएको उनको भनाइ छ ।
यस्तै, देश विदेशको ताजा खबर थाहा पाउन टेलिभिजन अनिवार्य भएको छ । बालबालिकालाई कार्टुन हेर्नदेखि गृहणीलाई सिरियल हेर्नसम्म ठूला स्क्रिनका टेलिभिजन रोज्ने गरेका छन् । वैदेशिक रोजगारबाट फर्किएका नेपालीको घर वा मध्ययम वर्गका घरमा बढी इञ्चका टेलिभिजनले स्थान पाउन थालेका छन् । पछिल्लो समय युवा पुस्ताले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद हेर्न समेत ठूला स्क्रिनका टेलिभिजन किन्ने गरेका छन् ।
नेपाली बजारमा घरायसी सामग्री बिक्री गर्दै आएको त्रिवेणी व्यापार कम्पनीले  पानोसोनिक, सामसुङ, सिम्फोनी, स्यामसुई फ्यान र एयर कुलर (एसी) बिक्रि गर्दै आएको  छ । त्रिवेणीले यासुदा ब्रान्डको विभिन्न फ्यान, ओप्पल लाइट(एलइडि लाइट) बिक्री गर्दै आइरहेको छ । त्रिवेणी व्यापारका मार्केटिङ म्यानेजर प्रविण झाले नेपालको इन हाउस मार्केटमा अब्बल रहेको बताए ।
‘गर्मी मौसममा चाहिने फ्यानदेखि एसि हुँदै साना तथा ठूला एलइडी लाइट बिक्री गर्दै आएका छौं । अनिवार्य रूपमा चाहिने मोटर पम्प, इलेक्ट्रिक हिटर, हस्पिटलमा इन हाउस प्रयोग हुने सामग्री समेत त्रिवेणीले बिक्री गर्दै आएको छ,’ उनले भने ।
 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App