१२ असार २०८१ बुधबार
image/svg+xml

वीपीमा पूर्वरजिष्ट्रारले आवास छाडेन, नवनियुक्त रजिष्ट्रार टेन्ट टाँगेर बस्ने तयारीमा

करिब १० महिनाअघि पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिष्ट्रार बस्ने आवास नछोडेपछि नवनियुक्त रजिष्ट्रार डा.संगौला प्रतिष्ठान परिसरमा टेण्ट टागेर बस्ने तयारी गरेका हुन्।

वीपी प्रतिष्ठान आर्थिकरुपमा धरासायी, १ अर्ब ४१ करोड ऋणात्मक

‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ।’

घोपा बचाउ आन्दोलनः पाँच सदस्यीय कार्यदल बनाउने सहमति

आन्दोलन भएको ५६ औं दिनमा सोमबार राति धरानका मेयर हर्कराज राई (साम्पाङ) को रोहबरमा वार्ता भएको थियो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसहितको उपस्थितिमा भएको वार्तामा समस्या समाधान गर्न एक कार्यदल बनाउने सहमति भएको छ।

इतिहासको कालखण्ड मान्छेले बिर्सिन सक्छन्: डा. कोईराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन डकुमेण्ट्री अति उपयोगि भएको बताएका छन्।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु

यसैबीच, बिहीबार मोरङ, सुनसरी, झापा, सोलु र उदयपुरमा भएका दुर्घटनामा परि १२ जना घाइते भएका छन्।

वीपी प्रतिष्ठानका आन्दोलनकारीहरुलाई अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश

मुद्दा दायर गर्ने व्यक्ति नवराज विष्ट को हुन् भन्ने खुलेको छैन। उनले यसअघि पनि प्रतिष्ठानमा संयुक्त संघर्ष समितिले चारै जना पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दीविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

वीपी प्रतिष्ठानलाई पेपरलेस बनाउने लक्ष्य

प्रतिष्ठानमा दैनिक २५ सयभन्दा बढी नयाँ तथा पुराना बिरामीहरु उपचारको लागि आउने गर्छन्। बिहान ८ बजेदेखि टिकट काउण्टर खुलेपनि बिरामीका आफन्तहरु त्योभन्दा अघिदेखि नै बिल काट्न लाइनमा उभिएका हुन्छन्।

सञ्चालनमा आयो वीपीमा अत्याधुनिक सिटि स्क्यान मेशिन

विभागका डेमोष्ट्रेटर एण्ड टेक्निकल इञ्चार्ज मुकेश झाका अनुुसार न्युनतम रेडिएसन डोजमा छिटो स्क्यान गर्न सकिने भएकोले धेरै विरामीको स्क्यान गर्न सकिन्छ।

वीपीबारे गठित छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई पदमुक्त गर्न गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।

वीपी प्रतिष्ठानमा पैसा लिएर पदाधिकारी नियुक्ती नगर्न नागरिक अगुवाहरुको माग

सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले प्रतिष्ठानमा पदाधिकारीहरु खाली भएमा नियुक्ती गर्दा पैसाको चलखेल नहुने दाबी गरे।

स्वास्थ्यमन्त्रीसहितको छानबिन टोली वीपी प्रतिष्ठानमा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले पदीय आचरण विपरीत कार्य गरेको प्रतिवेदनको आधारमा कारबाही गर्न गठित उच्चस्तरीय छानबिन टोली धरान आएको छ।

वीपीका उपकूलपति प्राध्यापक नभएको प्रमाणित, ओपिडी सेवा सुचारु

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदनअनुसार स्वास्थ्य मन्त्रालयले डा.गिरीसँग प्राध्यापक भएको प्रमाण पेश गर्न निर्देशन दिएको थियो।

वीपीमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा ठप्प, बिरामी भए निराश

प्रतिष्ठानमा शुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आजदेखि सेवा बहिष्कार गरेको हो।

कुलपतिसमक्ष निवेदन दिएको भोलिपल्ट रजिष्ट्रारले दिए राजीनामा

प्रतिष्ठानका ६ जना सिनेटरहरुले ऐनमा भएको व्यवस्था बमोजिम चारैजना पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै कुलपति एवं प्रधानमन्त्रीसमक्ष निवेदन दिएको भोलिपल्ट शुक्रबार रजिष्ट्रार रेग्मीले राजीनामा दिएका हुन्।

वीपी प्रतिष्ठानमा पदाधिकारीबाटै राजिनामा दिन दबाब

दुई महिनादेखि बन्धक रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकास दिन चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने दबाब बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्