१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

वन्यजन्तु जोगाउँने कि बालीनाली ?

‘उ बेलामा वन र वनका जनावरलाई जोगाउनु पर्छ भनेर सरकारी वनलाई सामुदायिक र कवुलियती वनका रुपमा सरकारसँग लिइयो। वन जोगाउँदै जाँदा वनका जनावर पनि बढ्दै गए। यतिखेर तीनै जनावर हामै्र लागि चुनौती बनेका छन्,’ बनेपा–३, काँक्रेका किसान गोकुल बजगाईंले भने।

निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ। निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन्। निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए।

सवा तीन अर्बको चिया निर्यात

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि भएपछि निर्यात बढेको हो।

गौमुलमा उन्नत जातको स्याउ खेती

गौमुल गाउँपालिकाले उन्नत जातको स्याउ खेती सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णय अनुसार नै हावापानी अनुकुल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न सुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन्।

कफी व्यवसाय प्रवर्द्धन सम्मेलन सुरु

कफी खेतीमा लगानी आकर्षित गर्दै कफी खेतीलाई व्यावसायिक बनाउनका लागि नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन सोमबारदेखि सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना सम्मेलन सुरु भएको हो। दुई दिन चल्ने सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।

विश्व बजारमा नेपाली कफीको माग धेरै छ : पूर्वप्रधानमन्त्री दाहाल

सरकारले देश समृद्धिको आधार तय गरिरहेको बेला गरिएको सम्मेलनले कफी खेतीको उत्पादन, प्रशोधन, बिक्री वितरणका लागि बजार प्रवद्र्धनका योजना तथा कार्यक्रम बनाउन सहज हुनेमा उनले जोड दिए।

हावाहुरी र असिनापानीले करोडौंको क्षति

हावाहुरीसँगै आएको असिना र पानीका कारण रौतहटमा ठूलो क्षति पुर्‍याएको छ। मंगलबार विहान एक्कासी हावाहुरीसँगै आएको असिना र मुसल्धारे पानीका कारण यहाँका सयौं घरमा क्षति पुर्‍याउनुका साथै गहुँ, उखु, मसुरो, मकैका साथै फलफूल एवं तरकारी खेतीसमेत नष्ट हुँदा करोडौँको क्षति भएको छ। एक किलोग्राम तौलसम्मको असिनाले सर्वसाधारणको खपडा, टायल, एल्बेस्टर र टिनाले छाएको घरमा बढी क्षति पुर्‍याएको छ।

हावाहुरीले करोडौंको केरा नष्ट

शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।

अंगुरखेतीको लागि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी

नगरपालिकाले आर्थिक सम्बृद्दिको आधार अंगुरखेतीलाई बनाउन भारतको महाराष्ट्रमा पर्ने नासिकबाट अंगुरको बिरुवा ल्याएर ब्यवसायिक खेतीको शुरुवात गरेको हो।

खेतीयाेग्य जमिन बाँझो राखे सरकारी सेवा कटौती गरिने

खेतीयोग्य जमिन बाँझो राख्नेलाई कर्णाली प्रदेश सरकारले सरकारी सेवा–सुविधा तथा अनुदान कटौती गर्ने भएको छ।

प्रांगारिक खेतीमा आकर्षित गराउन कार्यनीति

कार्यनीति बनाउन देशका विभिन्न क्षेत्र पुगेर किसानसँग राय, सुझाव संकलन गरेको राष्ट्रिय कार्यदलले किसानसँग छलफल गरेको हो। रासायनिक विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्न र प्रांगारिक खेतीमा किसानलाई आकर्षित गराउन नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यनिति बनाउनका लागि कार्यदल गठन गरेको हो।

केरामा देखिएको रोगले किसान चिन्तित

किसानले गरेको केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन्। केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ। पछिल्लो तीन वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई सताएको छ। मालभोग जातका केराखेती गरेको बगैंचामा यस्तो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।

पुष्प खेतीलाई प्रोत्साहित गर्छौं : कृषि राज्यमन्त्री

फूलको बजार प्रवर्द्धन गर्नका लागि शुक्रबारदेखि राजधानीमा तीनदिने २२ औं फ्लोरा एक्स्पो सुरु भएको छ। उक्त एक्स्पोको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमार चौधरी (रोजिना)ले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गरेकाले प्रोत्साहित गर्नुपर्ने बताइन्।

किसान केरा खेतीतर्फ आकर्षित

६ वर्षअघिसम्म सुनसरी रामधुनी–८ (साविक डुम्राहा वडा नं. ३)का रामकुमार मेहता धान खेती गर्दै आएका थिए। अन्नबाली उत्पादनको उर्वर भूमि रामधुनीमा बर्खाको सिजनमा लगाएको धान ७० मन (प्रतिमनमा ४० केजी) उत्पादन हुने गथ्र्यो। तर, उनलाई धानबाट भन्दा पनि केरा खेतीबाट आम्दानी राम्रो हुने कृषिविज्ञले सल्लाह दिएपछि सोच बदले। अहिले उनले त्यही एक बिघामा केरा खेती गर्न थाले।

पहिले किनेर खान्थे, अहिले बेच्छन्

बढीमा दुई आना जमिनमा बनेको एउटा टनेल। सानो टुक्रामा फैलिएको टलेनमा गोलभेंडा खेती गरेर सुकुमाया तामाङले पहिलो खेपमै १० हजार रुपैयाँ कमाइ गरिन्। यसबाट हैसिएकी उनले दोस्रो सिजनमा खेतीको दायरा केही फैलाएकी छिन्। टनेलभित्र गोलभेंडाका साथ मुला, आसपासमा झँगिँदै छन् गाँजर, प्याज, केराउ र रायोको साग। यो खेपमा आम्दानी दोब्बर लिने सुनाउँछिन् सुकुमाया।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्