५ आश्विन २०८१ शनिबार
image/svg+xml

भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

भक्तपुर नगरपालिकाले कोभिड-१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।

फक्रिएका फूल, ओइलिएका किसान

नयाँ भेरियन्टको कोरोना महामारीको कहरका कारण जारी निषेधाज्ञाका कारण फूलको बजार ठप्प छ। फूल खोज्दै आउनेहरु घरभित्र थुनिएका छन्। त्यसैले फूललाई निर्ममतापूर्वक काटेर मलको खाल्डोमा मिल्काउनुको विकल्प छैन।

अक्सिजन प्लान्टका लागि विद्यालयले दियो साढे १६ लाख

‘अहिले अक्सिजन प्लान्टको जरुरी छ, त्यसका लागि नगरपालिकाले पहल गरिरहेको छ, तर नगरपालिकालाई संघीय र प्रदेश सरकारबाट बजेट दिएको छैन, नगरपालिका आपतमा छ, पर्यटन कर उठेको छैन, आम्दानी घटेको छ, यस्तो बेलामा सहयोग गरे नगरपालिकाको अभियान सफल हुन्छ, त्यही भएर हामीले दुःख गरी बचाएको रकमबाट सहयोग गरेका हौं।’

प्रतिगमन भाग २ः भक्तपुरवासीले घरका कौसी र झ्यालबाट रित्तो थाल बजाउने

कोभिडविरुद्धको सहज उपचारको माग र सरकारले गरेको पछिल्लो कदमको विरोध गर्न भक्तपुरवासीले जेठ १३ गते बेलुका ७ बजे आफ्नो घरको कौसी वा झ्यालबाट रित्तो थाल बजाउने भएका छन्।

भक्तपुरमा अक्सिजन प्लान्ट स्थापनाका लागि एकैदिन ३० लाख संकलन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण अक्सिजनको अभाव भइरहेको बाध्यतालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको प्लान्टका लागि एकैदिन ३० लाख रुपैयाँ संकलन भएको हो।

कोरोनाविरुद्ध भक्तपुर नगरपालिका : दैनिक माइकिङदेखि अक्सिजन प्लान्ट स्थापनासम्म

नयाँ भेरियन्टको कोरोनाबाट प्रभावित हुन थालेसँगै ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरी कोरोनाविरुद्ध लड्न सुरु गरेको भक्तपुर नगरपालिकामा हालसम्म ३ हजार १ सय ७ जना संक्रमित देखिएका छन्।

भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट राख्ने

नगरपालिकाको आयोजनामा नयाँ भेरियन्टको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच सम्पन्न भर्चुअल अन्तरक्रिया कार्यक्रममा यस विषयमा छलफल भएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए।

कोरोनाबाट भक्तपुरमा एकैदिन १० जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए।

काठमाडौं उपत्यकामा २ लाख बढी संक्रमित: ७२.७ प्रतिशत निको, ०.७६ प्रतिशतको मृत्यु

उपत्यकाका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी छन्। तथ्यांकअनुसार काठमाडांमा १ लाख ५८ हजार ९ सय ९१ जना संक्रमित रहेका छन् भने भक्तपुर र ललितपुरमा क्रमशः १५ हजार ९ सय ३ र २६ हजार ८ सय ८३ जना रहेका छन्।

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो। भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ।

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने प्रशासनको तयारी

अस्पतालको गम्भीर लापरबाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ।

भक्तपुरमा ७६.१९ प्रतिशत कोरोना संक्रमणमुक्त, १.०७ प्रतिशत संक्रमितको मृत्यु

संक्रमणमुक्त भएकामा ५ हजार ६ सय २५ पुरुष र ४ हजार ३ सय ९६ महिला रहेका छन्। संक्रमणमुक्त हुनेमा पुरुष बढी छन्। संक्रमितमध्ये ४२ दशमलब ७७ प्रतिशत पुरुष र ३३ दशमलब ४२ प्रतिशत महिला संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

भक्तपुरमा बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन । नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसलहरु अनुगमन गरेको छ ।

भक्तपुरको चाँंगुनारायणमा सय बेडको आइसोलेसन वार्ड तयार

कोभिड विरामीको उपचारका लागि वार्ड अभाव भइरहेको बेला सरकारले भक्तपुरको दुवाकोटमा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ । जिल्लाको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको हो । केही दिनको तयारी पछि अहिले त्यहाँं विरामी राख्न मिल्ने बनेको छ ।

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्