१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।  

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत बैशाख ४ गतेबाट बैशाख १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई  दोस्रो खोप लगाइएको हो।  

‘जेठ ५ देखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो’, जनस्वास्थ्य केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवाले भने, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा १० कार्यालय भवन पछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौं।’

यस क्रममा नगरपालिकाले वडागत रुपमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएको विवरण पनि सार्वजनिक गरेको छ ।

विवरण:

वडा नंं. महिला पुरुष जम्मा  

१. ६१५, ७१८, १३३३

२. ७७२, ८४२, १६१४

३. ३९२, ४५७, ८४९

४. ८५२, १०००, १८५२

५. ६४८, ७७१, १४१९

६. ६६१, ७७४, १४३५

७. ७४६, ८३०, १५७६

८. ८९३, १०१२ ,१९०५

९. ९७१, १०४७, २०१८

१०. ८५०, १०६७, १९१७

जेठ १८ गते कमलविनायक ६६ ,६८ १३४

जम्मा : ७४६६, ८५८६, १६०५२

स्रोत: भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र, २०७८ जेठ १८ गते

डा. लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड संक्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै उनीहरुको लागि अलग्ग बन्दोबस्त गरिने जानकारी दिए। त्यस्तै यसअघि भारतीय खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी महानुभावहरुलाई दोस्रो मात्रा खोपको सूचना नआएकोले केही समय धैर्य गर्न आग्रह पनि उनले गरे।  नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिसिल्डको दोस्रो मात्रा २ हजार चार सय ३९ जनालाई दिइसकेको जनस्वास्थ्यले बताएको छ। 

भक्तपुर नगरवासीसंगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाहरुले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र उनीहरुमध्ये अधिकांशले आफ्नो नजिक परेको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा. लासिवाको भनाइ थियो। खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उनले जोड दिए।  

भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी नै छ।६० वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन्। खोप लगाउन नपाएका सबैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वेभसाइट  www.vaccine.mohp.gov.np मा गई अनलाइन माध्यमबाट फाराम भर्न सार्वजनिक आह्वान गरिएको छ। फाराम भर्नेहरुलाई खोपको पहिलो मात्रा दिने सम्बन्धमा छिटै नै अर्को सूचना प्रकाशित हुने बताइएको छ। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App