५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा ७६.१९ प्रतिशत कोरोना संक्रमणमुक्त, १.०७ प्रतिशत संक्रमितको मृत्यु

भक्तपुरमा ७६ दशमलब १९ प्रतिशत कोरोना संक्रमितले कोरोना जितेका छन् भने १ दशमलब ०७ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका कूल १३ हजार १ सय ५१ कोरोना संक्रमितमध्ये १० हजार २१ जना संक्रमणमुक्त भएका छन् भने १४१ जनाले ज्यान गुमाएका छन्।

संक्रमणमुक्त भएकामा ५ हजार ६ सय २५ पुरुष र ४ हजार ३ सय ९६ महिला रहेका छन्। संक्रमणमुक्त हुनेमा पुरुष बढी छन्। संक्रमितमध्ये ४२ दशमलब ७७ प्रतिशत पुरुष र ३३ दशमलब ४२ प्रतिशत महिला संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

मृत्यु भएकामध्ये ९१ पुरुष र ५० जना महिला छन्। मृत्यु भएकामा भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकामा ४९÷४९ जना, चाँगुनारायण नगरपालिकामा ११ जना र सूर्यविनायक नगरपालिकामा ३२ जना छन्।

कार्यालयका अनुसार भक्तपुरमा हालसम्म ७ हजार ३ सय ४० पुरुष र ५ हजार ८ सय ११ महिला संक्रमित भएका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार संक्रमितमध्ये भक्तपुर नगरपालिकामा २ हजार ३ सय ९२, चाँगुनारायण नगरपालिकामा १ हजार २ सय ५४, मध्यपुरथिमि नगरपालिकामा ४ हजार८ सय ८२, सूर्यविनायक नगरपालिकामा ४ हजार १ सय १४ जना संक्रमित भएका छन्। अन्य अर्थात् ठेगाना नखुलेका संक्रमित भने ५ सय ९ रहेका छन् ।

संक्रमितमध्ये २ हजार ९ सय ८९ जना सक्रिया संक्रमित छन्। तिनीहरुमा १हजार ६२४ पुरुष र १ हजार ३ सय ६५ महिला रहेका छन्।

प्रमुख मिजारले हस्पिटल तथा आइसोलेसन केन्द्रमा रहेका १६७ घरकै आइसोलेसनमा २ हजार ८ सय २२ संक्रमित रहेको जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०७८ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App