४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नगरकोटको वडा कार्यालय सडकमा?

‘धेरै समय भयो सडक बनेनन् ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गर्दै छु।’

‘अब तहगत रुपमा पत्रकारका समस्या समाधान गर्दै जान्छौं’

पहिलो चरणमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको, दोश्रो चरणमा ठूला मिडिया हाउसमा कार्यरत पत्रकार र तेश्रो तथा अन्तिम चरणमा साना मिडिया हाउमा कार्यरत पत्रकारहरुले कमसेकम पनि न्युनतम र नियमित तलव पाउने वातावरण बनाउने बताइन्।

पाँंचतले मन्दिरमा फहराइयो झण्डा

भक्तपुरस्थित विश्वप्रसिद्ध पाँचतले मन्दिर (नेपाल भाषामा ङातापोल मन्दिर) को टुप्पोमा बिहीबार झण्डा फहराइएको छ।

गोल्मढीमा नयाँं बो सिंह राखी गरियो क्षमापूजा

भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।

'जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो'

भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ। नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन।

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब, सबैभन्दा बढी बजेट शिक्षामा

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।

भक्तपुरमा ओपन हाउस हुने

भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ। एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम हुन लागेको हो। कार्यक्रम शनिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौँ वल्र्ड स्कुलमा हुने छ।

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।

पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा कार्यालय सञ्चालन

भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौँको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ।

सरकारलाई घच्घच्याएर ब्लड क्यान्सर सम्बन्धी सहज उपचारको पहल गर्नुपर्छ: विज्ञ

ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।

करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनहरा सुकुम्बासी वस्तीमा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ।

'केही दिनभित्रै खानेपानी ल्याइदिन्छौं'

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका हुन्।

भक्तपुरका जनप्रतिनिधिहरुले थाले काम

भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।

सूर्यविनायकका पराजित ढुंगेलले दिए विजयी थापालाई बधाइ

नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाइ दिएका छन्।

काठमाडौं उपत्यकामा कांग्रेस र नेमकिपाले खाता खोले

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौंको एउटा पालिका जितेर नेपाली कांग्रेसले उपत्यकामा पनि खाता खोलेको छ। काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत र उपमेयरमा बसन्ती डंगोल विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्