२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘अब तहगत रुपमा पत्रकारका समस्या समाधान गर्दै जान्छौं’

न्युनतम पारिश्रमिक निर्धारण आयोगकी अध्यक्ष संगीता खड्काले पत्रकारले तलव नपाउने गरेको समस्या आफूहरुले अब तहगत रुपमा समाधान गर्दै जाने बताएकी छन्।

आयोग र नेपाल पत्रकार महासंघ भक्तपुरले शुक्रबार श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयमा भएको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले तीन तहमा गरेर समस्या समाधानको बाटोमा जाने योजना सुनाइन्।

पहिलो चरणमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको, दोश्रो चरणमा ठूला मिडिया हाउसमा कार्यरत पत्रकार र तेश्रो तथा अन्तिम चरणमा साना मिडिया हाउमा कार्यरत पत्रकारहरुले कमसेकम पनि न्युनतम र नियमित तलव पाउने वातावरण बनाउने बताइन्।

कार्यक्रममा उनले आयोगलाई न्युनतम र नियमित तलब दिने सञ्चार गृहहरुलाई कारबाहीको व्यवस्था ऐनमा हुनुपर्ने माग गरिन्। ऐन शंशोधन गरेरै भए पनि कारबाही गर्ने व्यवस्था आयोगसँंग रहे समस्या समाधानमा सहजता हुने उनको भनाइ थियो। अहिले आयोगलाई अवस्थाबारे जानकारी दिई सरकारलाई सुझाव दिनसक्ने मात्रै व्यवस्था छ।

प्रकाशित: २४ असार २०७९ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App