२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नगरकोटको वडा कार्यालय सडकमा?

लामो समयदेखि भक्तपुर नगरकोट सडक ठेकेदारले सडक नबनाएको विरोधमा चाँगुनारायण नगरपालिका वडा न. ६ का नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमै कार्यालयको काम गरेका छन्।

सोमबार बिहान कार्यालय समयदेखि सोही वडाको लामा टोल सडकमा बसेको सेवाग्राहीको काम गरिरहेको हामीलाई जानकारी दिएका छन्। टेबुल कुर्सीसहित सडकमा बसेर उनी सेवाग्राहीका काम गरिहेका देखिन्छन्।

भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर भन्ने ब्यानर नै टाँसेर वडा अध्यक्ष लामाले सांकेतिक विरोध गर्दै वडाको काम गरेका हुन्। अध्यक्ष लामाले भने ‘धेरै समय भयो सडक बनेनन् ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गर्दै छु।’

करिब ८ वर्ष भन्दा लामो समय भइसक्दा पनि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरभेटि ठेकेदार शारदाप्रसाद अधिकारी मालिक रहेको शैलुङ्ग कन्ट्रसनले १७ किलोमिटर लामो भक्तपुर नगरकोट सडक निर्माण कार्य पूरा गर्न सकिरहेको छैन।

प्रकाशित: २७ असार २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App