‘स्वस्थानी भर्सेस ग्याङ’ नयाँ वर्षदेखि
चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि स्ट्रिमिङ हुने भएको छ।
चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि स्ट्रिमिङ हुने भएको छ।
यस वर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।
श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।
व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।
एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।
भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन्। यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ। नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन्।
प्रत्येक वर्ष माघ महिनामा काठमाडौँको साँंखुमा लाग्ने एक महिने श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको तयारी पूरा भएको जनाएको छ।
संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिंदै छ।
बर्सेनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरू गरिंदै छ।
स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ। पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए।
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।
माघमा जब सूर्य थकित भएर अष्टाचलबाट अस्ताउन खोजिरहेको हुन्छ, तब काठमाडौंको घरघरमा कनिकुथी गरेरै भए पनि एउटा श्लोक सुनिने गर्छ, त्यो हो– यं ब्रह्मां बरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवै...। श्लोकको पारणपछि संसारको सृष्टिदेखि विलयसम्मको कथा सुरु हुन्छ। यसरी सुरु हुने कथा हो– स्वस्थानी व्रतकथा।
कति वर्षको थिएँ यसै भन्न सक्दिनँ, तर मैले थाहा पाउँदादेखि नै हाम्रो घरमा स्वस्थानी कथा पढिन्थ्यो। हामी सानो हुँदा कान्छा काकाले कथा भन्नुहुन्थ्यो र हामी वरिपरि बसेर सुन्थ्यौँ। पछि दिदीले र मैले पालैपालो भन्न थाल्यौँ। स्वस्थानी सुरु भएपछि एउटा गजबको माहोल बन्थ्यो घरमा। आमा राधादेवी बस्नेत प्रायः वर्ष बिराएर स्वस्थानीको व्रत बस्नुहुन्थ्यो।