१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वस्थानी ब्रतकथाको तयारी पूरा

प्रत्यके वर्ष माघ महिनामा काठमाडौंको साँखुमा लाग्ने एकमहिने स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको तयारी पूरा भएको छ। पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी पूरा भएको जनाएको हो। यो वर्ष माघ ३ गते सोमबारदेखि मेला लाग्दैछ।

श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बिहीबार मेलास्थलमा गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी गराए। कोभिडका कारण यो वर्षको मेलालाई सभ्यरुपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी अध्यक्ष श्रेष्ठले गराए।

यस वर्ष कोभिड १९ को ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापूर्वदेखि सञ्चालन हुँदै आइरहेको श्री माधवनारायण ब्रत नित्य पूजा एवं धार्मिक विधि पुयौएर मात्रै गरिने अध्यक्ष श्रेष्ठले जनाए। भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा साली नदी यातायात प्रा.लि, बाबा गोकर्णेश्वर प्रा.लि.द्वारा सञ्चालित बसहरु जस्तो सुकै अवस्थामा समेत सेवा दिन तयार रहेको उनले सुनाए। उनीहरुले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराइ बस सञ्चालन हुने जनाइएको छ।

ब्रतालु व्यवस्थापन सम्बन्धमा ब्रत बस्न साँखु आउने ब्रतालुहरुको सेवाको लागि सवबभन्दा पहिले लगत संकलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने जनाइएको छ। ब्रतालुहरुको लागि समितिले ब्रत सुरु हुनुभन्दा केही अगाडिदेखि नै ब्रतालुहरुको लागि बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको जनाएको छ।

ब्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा ब्रतालुहरुलाई आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको जनाएको छ। साथै बाटोमा हिँड्नको लागि आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्वक्र्यु, नेपाल रेडक्रस सोसाईटी साँखु शाखा, स्वयमसेवकहरु र विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा आवश्यक बन्दोबस्तीका सामानसहित स्वयम्सेवकहरु परिचालन गरिने जनाएको छ।

ब्रतालुहरुको कठिनाईलाई मध्यनजर गरी हिँड्नै नसक्ने ब्रतालुहरुको लागि स्टेचरको व्यवस्था गरी बोकेर नै भए पनि एक ठाउँबाट अर्को ठाउँमा ब्रतालुहरुलाई पुर्याउन आवश्यक बन्दोबस्त गरेको समितिले जनाएको छ।

कोभिडकै कारण यो वर्ष भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने समितिले जनाएको छ। जनाइए अनुसार वर्षमा यही एक महिनामात्रै माधबनारायणको प्रत्यक्ष दर्शन गर्न पाउने व्यवस्था छ।

मेलाको क्रममा भक्तजन र ब्रतालुहरुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुने गरी बार बन्देज गरिएको जनाएको छ। साथै यो वर्ष सुरक्षाका लागि ब्रत बस्न चाहने, सम्पूर्ण ब्रतालुहरुसँग पूर्ण खोप लगाइएको कार्डको कपी लिइने र निमोनिया भए नभएको एकिन गर्न एक्सरे लिनेसमेत व्यवस्था गरिएको छ। आवश्यक भए एण्टीजेन परीक्षणको व्यवस्था समेत समिति आफैले गर्ने जनाएको छ।

शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा सालीनदी परिसरभित्र विभिन्न ठाउँमा सीसीटिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ। साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ।

भक्तजनहरुको सुरक्षाको लागि पर्याप्त मात्रामा मास्क र स्यानिटाईजर वितरण गरिने जनाएको छ। स्वयम्सेवकहरुको लागि मास्क, स्यानिटाईजर र ग्लोब्सको समेत व्यवस्था गरिने छ। ब्रतालुहरुबाट टिका प्रसाद ग्रहण गर्न चाहने भक्तजनहरुको लागि छुट्टै व्यवस्था गरिने छ।

नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ। स्वस्थानी ब्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि।

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।

प्रकाशित: २८ पुस २०७८ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App