२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन्।

वायु प्रदुषण नियन्त्रणमा प्रधानमन्त्री कार्यालयको चासो

वायु प्रदुषणको भयावह अवस्थाप्रति प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकाय र विज्ञस“ग चासो व्यक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रपत्रिकामा प्रकाशित समाचार र वायु प्रदुषणको अवस्थाबारे चिन्ता व्यक्त गरेपछि उनका विज्ञान/प्रविधि सल्लाहकार रविन्द्र ढकालले बिहीबारदेखि सरोकारवालास“ग छलफल सुरु गरेका हुन्।

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

सडक विस्तार विरुद्ध प्रदर्शन गर्ने प्रहरी नियन्त्रणमा

कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने तीन दर्जन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी– सुन्दरीजल सात किमी सडक केन्द्रबाट दुबैतिर ११ मिटर विस्तार गरी २२ मिटर फराकिलो बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणले शुक्रबार चिन्ह् लगाएको थियो ।

अन्ततः सेनाको नियन्त्रणमा अलेप्पो

विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पोका बाँकी भागबाट पनि विद्रोही लडाकुहरु अन्यत्र गएपछि उक्त शहर आफ्नो पूर्ण नियन्त्रणमा आएको सिरियाको सेनाले बताएको छ ।

दुई दर्जनभन्दा बढी गाडी प्रहरी नियन्त्रणमा

रौतहट प्रहरीले दुई दर्जनभन्दा बढी गाडी नियन्त्रणमा लिएको छ। कागजपत्र नभएका तथा चोरीको सवारी साधन हुन सक्ने शंकका आधारमा प्रहरीले दुई दर्जन भारतीय गाडीहरु पक्राउ गरेर अनुसन्धान एवं कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

चीनद्वारा अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा, अमेरिकको आपत्ति

चीनले दक्षिणी चीन सागरमा एक अमेरिकी मानवरहित ड्रोन कब्जामा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पानीभित्र चल्ने (अन्डरवाटर) ड्रोन फिलिपिन्सको तटीय इकाला सुबिकको खाडीबाट ५० माइलको दूरीमा अन्तर्राष्ट्रिय जल सीमाबाट नियन्त्रणमा लिएको हो।

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

तेह्रथुममा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले अाधा दर्जन घर जलेका छन् भने १६ वटा घर संभावित जोखिममा रहेका स्थानीय छबि कन्दङवाले बताए।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको बजेट भत्ता र गोष्ठीमै

विकास-निर्माणदेखि स्वास्थ्य–शिक्षासम्मकै बजेट अत्यधिक दुरुपयोग हुने घटना 'सामान्य' झैं भइसकेको बेला सरकारले अघि सारेको सुधारात्मक कार्यक्रमकै बजेट पनि चाहिने काममा भन्दा अनावश्यक कुरामै खर्च भइरहेको छ।

खोलामा मनपरी गर्ने २७ टिपर नियन्त्रणमा

खोलानालाबाट अवैध रुपमा बालुवा, गिटी र ढुंगा निकालेर ओसारेको आरोपमा नवलपरासी जिल्ला विकास समितिले शनिबार २७ वटा टिपरलाई नियन्त्रणमा लिएको छ। निर्माण व्यवसायीले बिनास्वीकृति खोलानालाबाट मनपरी गिटी, ढुंगा र बालुवा निकालेको जनगुनासो आएपछि स्थानीय विकास अधिकारी (एलडीओ) सहितको टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको थियो।

अवैध ढुंगा-गिट्टी निकाल्ने २७ ट्रिपर नियन्त्रणमा

अवैध रुपमा गिट्टी-ढुंगा संकलन गरेको आरोपमा नवलपरासी जिल्ला विकास समितिले शनिबार २७ वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

देश नियन्त्रणबाट बाहिर जाने चेतावनी

राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का गरेका छन्।

पुजारीसहित २३ जना प्रहरी नियन्त्रणमा

चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारीसहित २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहितको टोली घटनास्थल पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्