२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘स्थिति नियन्त्रण’ को पूर्वअभ्यास गर्दै सुरक्षा निकाय

आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न सुरक्षा निकायहरू नयाँ रणनीतिक योजनाअनुसार सहकार्यमा जुटेका छन् ।

अलेप्पोमा सरकारी नियन्त्रण

सिरियाली सरकारी फौजले पूर्वी अलेप्पोका केही भाग नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । दुई भागमा बाँडिएको अलेप्पोको पूर्वी भागमा सेनाले माइन र विस्फोटक पदार्थ पन्छाउँदै अगाडि बढिरहेको बताइएको छ । राज्यको टिभीले सरकारी फौजको विजयको पुष्टि गरेको हो ।

सेयर बजार नियन्त्रण गर्न 'सर्किट ब्रेकर'

सेयर बजार उच्च अंकले घटेपछि सर्किट ब्रेकर लगाएर नियन्त्रण गर्नुपरेको छ। साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको साढे २ घन्टामै सेयर बजार मापक नेप्सेे ७९.२१ बिन्दुले घटेको थियो। कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो।

विद्युत् चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

मोर्चा र एमाले कार्यकर्ताबीच झडप, ७ कार्यकर्तालार्इ नियन्त्रण लिएर छाेडियाे

रौतहटको सदरमुकाम गौर स्थित जिल्ला विकास समितिको कार्यालय अगाडी मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्ला आएका एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विरोधमा मोर्चाका कार्यकर्ता नारावाजीमा उत्रिएसँगै नेता नेपालको समर्थनमा एमाले कार्यकर्ता उत्रिएपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो।

२ सय ९५ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

नेकपा माओवादी विप्लप समूहले आव्हान गरेको बन्दको क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चक्काजाममा उत्रेका बिप्लवका १० कार्यकर्तालाई नियन्त्रणमा लिएर छोडियो

चक्काजामलगायत विरोध कार्यक्रम लिएर बजारमा निक्लेका नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओबादीका जिल्ला सेक्रटेरीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर ५ घण्टापछि छाडेको छ। राष्ट्रव्यापी घोषणाअनुसार बिहीबार एक घण्टे चक्काजाम गर्ने कार्यक्रमलाई सफल बनाउन बजार निस्केका सेक्रेटरी केदार राईलगायत जिल्ला कमिटी र विद्यार्थी नेताहरुलाई बिहान ९ः३० बजे नै प्रहरीले नियन्त्रणमा लिएको थियो।

चितवनमा डेंगे नियन्त्रण तर्फ

यो वर्ष चितवनको रत्ननगर केन्द्रित प्रकोपका रुपमा देखिएको डेंगे नियन्त्रणतर्फ गएको छ। दिनमै २० जना डेंगे रोगी पत्ता लाग्ने गरेकोमा अहिले हप्तामा ३६ जना बिरामी भेटिन थालेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए। रोगीको संख्या शून्यमा पुग्न अझ केही समय लाग्ने उनको अनुमान छ।

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा

नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १५ जना कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे उक्त पार्टीले जनाएकाे छ।

लुटिएका हतियार प्रहरी नियन्त्रणमा

सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आफ्नो नियन्त्रणमा लिएको छ।

डेंगे अझै नियन्त्रण बाहिर

असोज तेस्रो सातादेखि दमक क्षेत्रमा देखापरेको डेंगेको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । दमक आसपासका लखनपुर, पाँचगाछीलगायत क्षेत्रमा पनि फाट्टफुट्ट डेंगे संक्रमित फेला परेका छन् ।

एकै कोठामा सुतेका पति मृत, पत्नी प्रहरी नियन्त्रणमा

बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्।

नयाँ रोगी थपिँदा नियन्त्रण गर्न कठिन

मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ निकै बजेट खर्च भइसक्दा पनि अपेक्षित उपलब्धि हात परेको छैन । धमाधम नयाँ रोगी बढिरहेको तथ्यांकले लगानीअनुसार उपलब्धि हात लाग्न नसकेको पुष्टि गरेको छ

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

यस्तो छ बोको हरामको नियन्त्रणमा रहेका गाउँलेको अवस्था

नाइजेरियामा बिगतका कैयौँ वर्षदेखि हिंसा मच्चाइरहेका बोको हराम नामक आतङ्ककारी सङ्गठनको नियन्त्रणमा रहेका व्यक्तिहरु, अझ बिशेष गरी महिलाहरुको स्वास्थस्थिति अत्यन्तै नाजुक रहेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्