२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

लाइसेन्स बिना सवारी चलाउने ७५ जना प्रहरी नियन्त्रणमा

मकवानपुरमा बिना लाइसेन्स सवारी चलाउने माथि कारवाही थालिएको छ। ७५ सवारी चालक प्रहरी कारवाहीमा परेका छन्।

१३ किलो गाँजासहित ३ जना नियन्त्रणमा

रौतहटको टेंग्राहा गाविसको मेवाटोलबाट आइतबार प्रहरीले १३ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित ३ जनालाई कारोवारीलाई नियन्त्रणमा लिएको छ।

काठमाडाैं दरबार मार्गमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौंको दरबारमार्ग स्थित एक जुता कारखानामा आगलागी भएको छ। पौने १२ बजेको आसपासमा लागेको आगो निभाउने प्रयास जारी छ। आगो निभाउन दमकल घटनास्थलमा पुगेको छ। अग्नी नियन्त्रण टोली, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि खटिएको छ।

नेताको नामका प्रतिष्ठान नियन्त्रण गर्न माग

नेकपा एमालेका नेताहरूले दिवंगत नेताको नाममा सञ्चालित प्रतिष्ठानमार्फत पार्टीभित्र गुटबन्दी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्। पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले गुटबन्दी अन्त्य गर्न प्रतिष्ठानमाथि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

वाईफाई सुविधा छ भनेर ४ सय बढी भाडा अशुल्ने बस प्रहरी नियन्त्रणमा

प्रहरीले हुँदै नभएका सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेटभन्दा बढी भाडा लिए ठगी मुद्दामा कारबाहीचलाउने तयारी प्रहरीले गरेको हो।

चाइना टाउनमा लागेको आगो नियन्त्रणमा

सुन्धारास्थित चाइना टाउन भवनको भुँइ तलामा रहेको जेनेरेटरमा अागलागी भएकाे छ। विद्युत सट भएर आगलागी भएको थियो। आगलागी पछि याे क्षेत्रमा केहीबेर त्रासको बातावरण बन्यो। दमकलसहित आगो नियन्त्रणका लागि टाेली आउँदा चाइनाटाउनकै सुरक्षा गार्ड र व्यापारी व्यावसायीले आगो निभाएका थिए।

दुर्घटना नियन्त्रणमा गम्भीर बन्न आग्रह

पछिल्लो समय ठूला दुर्घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले नियन्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। काभ्रे, चितवन, बैतडीलगायत स्थानमा भएका दुर्घटनामा दर्जनौँ सर्वसाधारणले अनाहक ज्यान गुमाएको भन्दै उनीहरूले सडकको सिन्डिकेट खारेज गर्न माग गरे।

अनुमति विना सञ्चालित ४४ गाडी नियन्त्रणमा

चितवनमा ‘रुट परमिट’विनै र एकठाउँको ‘परमिट’ लिएर अर्काे ठाउँमा गाडी सञ्चालन भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार परमिट विना नै गाडी चलाइएको पाइएपछि कारबाही थालिएको छ ।

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

सर्लाही-सर्लाही–रौतहट सीमा बागमतिमा बिहान ९ बजे विपतको साइरन बज्यो। सेना नदी किनारमा तमतयार भए। साइरनको अवाजले आसपासका सर्वसधारण समेत जम्म भए। खोलामा पानी कमै भएपनि किन साइरन बज्यो ? जिज्ञासा सबैमा थियो।

जुम्ला मालपोतका ९ कर्मचारी प्रशासनको नियन्त्रणमा

जिल्ला मालपोत कार्यालय जुम्लाका नौ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर छानविन थालेको छ। सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। मालपोत अधिकृत देवनाथ शाहसहित ९ जनालाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

शहारुख खान लसएन्जल्स विमानस्थलको नियन्त्रणमा

न्युयोर्क— अमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शहारुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ।

बजार पसेको चितुवा ३ दिनपछि नियन्त्रणमा

लमजुङ– शनिबार बिहान नै बजारमा पसेर सदरमुकाम बेसीशहरका सर्वसाधारणलाई त्रसित बनाएको चितुवालाई ३ दिनपछि नियन्त्रणमा लिएर जंगलमा लगिएको छ।

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

अंकारा— जुलाई १५ मा भएको सैनिक कुको प्रयासका क्रममा टर्कीका राष्ट्रपतिलाई उनी बसेको होटलबाट नियन्त्रणमा लिन खोज्ने सैनिक अधिकारीहरुलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति रिसेफ तेययव एर्दोआन छुट्टी मनाइरहेको होटल नियन्त्रणमा लिन खोज्ने उनीहरुलाई उक्त होटल नजिक रहेको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको संचार माध्यमले जनाएका छन्।

१० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

बन्द सफल पार्न माइकिङ गर्दै गरेका नेकपा माओवादीका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान सदरमुकामको गोठालापानी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

महँगी नियन्त्रण राष्ट्र बैंकको जिम्मेवारी

मूल्यवृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकको जिम्मेवारी भएको र आर्थिक वृद्धिको जिम्मेवारी सरकारको रहेको विज्ञहरुले बताएका छन्। बढ्दो मूल्य वृद्धिका कारण धेरै पैसाले कम सामान किन्न सकिने भएर पैसाको भ्यालु कम हुँदै जाने हुँदा रुपैयाँ कमजोर हुन नदिन पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नु प्राथमिकता रहेको उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्