२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

१० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

बिरा गडाल
बैतडी–बन्द सफल पार्न माइकिङ गर्दै गरेका  नेकपा माओवादीका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान सदरमुकामको गोठालापानी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बजार बन्द गराउन माइकिङ गर्दै गरेको अवस्थामा जिल्ला सचिव बासुदेव जोशीसहित रामसिंह कुँवर सहितका १० जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।

माओवादीले सुकुम्बासी माथि गरिएको ज्यादतीका विरुद्ध संघर्ष गर्दै एक दिने नेपाल बन्दको घोषणा गरेको थियो।
बन्दका कारण बैतडीको जनजीवन प्रभावित बनेको छ। सदरमुकामबाट चल्ने छोटो तथा लामोदूरीका सवारी साधन चल्न सकेका छैनन्। बैतडीबाट धनगढी, महेन्द्रनगर जाने यातायातका साधन नचल्दा यात्रु समस्यामा परेका हुन्।

सरकारले सर्लाहीको ढुंगेखोलाको धरहरा चोकमा प्रहरीले सुकम्बासीमाथि बल प्रयोग गरेको, उनीहरुको उठिबास लगाउने, घर आगो लगाउने र बालीनालीमा डोजर  लगाएर सखाप पारेपछि त्यसको विरोधस्वरुप नेपाल बन्दको आह्वान गरिएको नेकपा माओवादी बैतडीले जनाएको छ ।

 

प्रकाशित: १० श्रावण २०७३ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App