काठमाडौँ–नेकपा माओवादी विप्लप समूहले आव्हान गरेको बन्दको क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २ सय १३ जना र उपत्यका बाहिरबाट महिला ५ र पुरष ५४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ कार्तिक २०७३ १०:४२ आइतबार