२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ।

दरबन्दी सिर्जना नगरे सबै विद्यालय बन्द गर्ने चेतावनी

२०५५ सालदेखि पटकपटक गरी विभिन्न शिक्षामन्त्रीका पालामा नौपटक यही विषयमा सहमति भयो, तर कहिल्यै कुनै सरकारले हाम्रा माग पूरा गर्नेतर्फ पहलै गरेनन्।

संघका दरबन्दीमा पनि प्रदेशबाटै नियुक्ति

संघीय निजामती ऐनसँग बाझिने गरी प्रदेशले कर्मचारीसमेत नयाँ व्यवस्था गर्ने प्रावधानसहित अध्यादेश ल्याएको हो। वाग्मती प्रदेश सरकारले प्रदेश निजामती सेवा, स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी दुई छुट्टाछुट्टै अध्यादेश ल्याएको छ।

बन्दको छैन प्रभाव,सडकमा गुडन थाले सवारी साधन (फोटो फिचर)

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। तर सडकमा भने नेपाल बन्दको प्रभाव परेको छैन्।

शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ

प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ।

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ। महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो।

चीनले बन्द गर्‍यो दुवै नाका

‘चीनले कोभिडको कारण देखाउँदै गाडी पठाउन रोक लगाएको छ, कहिले खुल्छ भन्ने निश्चित छैन।’ ‘तीजका लागि ल्याएका कपडालगायत सामग्री उतै रोकिए, एक्कासि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन्।’

करिब चार करोड रुपैँया सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक/पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए।

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ।

चोभार सुक्खा बन्दरगाहको समस्या समाधान गरिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इटाको माग घट्नाका साथै इटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।

बेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्