९ आश्विन २०८१ बुधबार
image/svg+xml

काँग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन।'

दाङ कांग्रेसका तीन ‘फ्याक्टर’: सन्तुलन नहुँदा ‘बिरासत’ कमजोर

पहिलो संसदीय निर्वाचन २०१५ मा दाङका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र गोर्खा परिषद बिच टक्कर पर्यो।

मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए।

औपचारिकतामै सीमित कांग्रेस अभियान

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ।

गठबन्धनभित्रका दलले हैसियत भन्दा बढी सिट खोजेः पूर्वमन्त्री गिरी

‘पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेको छ, तर गठबन्धन ठूलो हेडेकका रुपमा रहेको छ,’ उनले भने। ‘कुनै बेला मेरो घरमा पनि बम पड्काएका हुन्, तर पनि मैले विगतका सबै कुरालाई बिर्सेको छु, राजनीति भनेकै यही हो, विगतलाई बिर्सिनुपर्छ।’

काँग्रेस सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्योः नेता पौडेल

बिपीले देखाएको मार्गलाई काँग्रेसले अवलम्बन गर्दै अघि बढेको छ। उनले भने, 'यदि सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो।'

कांग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताए।

कम्युनिष्टलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउन गठबन्धन आवश्यकः राठौंर

‘यो देशका कम्युनिष्टरु विकासको पक्षधर हुन सकेनन्, कम्युनिष्ट भन्नेहरुलाई जनताको विकास, उन्नति, प्रगति र पक्षमा बोल्न लगाउनुछ, त्यसकारण यो गठबन्धनको आवश्यकता भएको हो, लोकतन्त्रप्रति प्रतिबद्ध गराउनका लागि गठबन्धन आवश्यक छ।’

गठबन्धनका कारण काँग्रेस अप्ठ्यारोमा नपरोस्: नेता कोइराला

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे। नेता डा. कोइरालाले भने, 'यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ।'

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः रामवरण यादव

काँग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी। जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम, राम, राम। काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ। उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एक जनाले पनि स्वीकार गर्नुभएन। चित्त दुखेर नबोलेका हुन्।’

गठबन्धनले काँग्रेसलाई एक सय सिट छाड्नुपर्छः नेता कोइराला

जनकपुरमा आज प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।

मधेस प्रदेश: कांग्रेसमा उम्मेदवार सिफारिसको विवाद उत्कर्षमा

मंसिर ४ गते हुने आमनिर्वाचनका लागि मधेस प्रदेशका जिल्लामा नेपाली कांग्रेसले गरेको उम्मेदवार सिफारिसमा विवाद देखिएको छ।

त्रिविमा बेथितिः नेविसघं दिउँसै मैनबत्ती बालेर पदाधिकारी खोज्दै, पदाधिकारी जति युरोपमा

आन्दोलन र तालाबन्दी गर्ने पनि नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र स्वीकृत दिने पनि कांग्रेसकै सभापति शेरबहादुर देउवा

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ।

उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने व्यवस्था उपयुक्त: गगन थापा

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्