५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनले काँग्रेसलाई एक सय सिट छाड्नुपर्छः नेता कोइराला

गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहँदा नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेसलाई १०० सिट छाड्नुपर्ने बताएका छन्। पार्टीले १०० भन्दा कम सिट लिएमा विद्रोह गर्ने चेतावनी दिएका छन्।  

जनकपुरमा आज प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।

उनले भने, ‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ?,’ कोइरालाले भने, ‘तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ।’ ‘यो कुरा नेतृत्वसामु हामीले भनिरहेका छौं,’ उनले भने।

विचार र सिद्धान्त नमिल्ने माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएकोले परिणामबारे अहिले नै भन्न नसक्ने उनले बताए।

उनले थपे, ‘यो गठबन्धन एमालेलाई जित्न नदिन र भोलि सरकार बनाउनका लागि गरिएको हो। विचार र सिद्धान्त केही नमिल्ने दलसँग गठबन्धन गरिएको छ’,  ‘परिणाम कस्तो आउँछ चुनावपछि थाहा हुन्छ। अहिले म केही भन्न सक्दिनँ।’

प्रकाशित: २३ भाद्र २०७९ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App