१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्योः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको बताएका छन्।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा जनताका साथमा काँग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उनले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पारे।

बिपीले देखाएको मार्गलाई काँग्रेसले अवलम्बन गर्दै अघि बढेको छ। उनले भने, 'यदि सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो।' बिपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे सोहीअनुरुप जनताको सपना साकार पार्न कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उनले बताए।

उनले देशमा संकट देखापर्दा काँग्रेसले निकास र बाटो देखाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गरे। अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उनले निर्देशन दिए।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, नेपाली काँग्रेस तनहुँका पूर्वसभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित: २४ भाद्र २०७९ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App