८ आश्विन २०८१ मंगलबार
image/svg+xml

यस्ता छन् प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका आर्थिक एजेण्डा

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यसको पनि तुलना गरौँ।

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज?

नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी छन्। यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा रहेका छन्। तीमध्ये कोइराला र नेकपा (एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ।

कोइरालाको स्वास्थ्य सामान्य

चुनावी प्रचार-प्रसारमा रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला एक्कासि बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।

प्रतिनिधिसभा विघटन नगर्ने प्रतिबद्धता

पूर्वप्रधानमन्त्री केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर संविधानलाई असफल बनाउने प्रयास गरेको भन्दै नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवादलाई लिएर संसद् र संविधानमाथि प्रहार नगर्ने प्रतिबद्धता जनाएको छ।

काँग्रेसको घोषणापत्र: पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने

नेपाली काँग्रेसले आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्‍याउने लक्ष्य राखेको छ।

सूचना र सञ्चार क्षेत्रमा दुई लाख युवा सहभागी गराउने काँग्रेसको लक्ष्य

साथै गार्हस्थ कूल उत्पादनमा अनुसन्धान तथा विकासको अंश ०.३ प्रतिशत रहेकोमा यसलाइ बढाएर ०.७ प्रतिशत पुर्‍याउने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरेका छौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरिएको बताएका छन्।

काँग्रेसको घोषणापत्र: ३ बर्ष मुनि र ७३ बर्ष माथिका नागरिकलाई नि:शुल्क उपचार

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो घोषणापत्र सार्वजनिक गरेका हुन्।सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो घोषणापत्र सार्वजनिक गरेका हुन्।

काँग्रेसकाे घोषणापत्र: लोकतन्त्र र संविधान रक्षाका लागि नेपाली काँग्रेसको सरकार(पूर्णपाठ)

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

नेपाली कांग्रेसले शनिबार सङ्कल्प पत्र सार्वजनिक गर्ने

सङ्कल्प पत्र सभापति शेरबहादुर देउवाले कार्तिक १२ गते शनिबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा सार्वजनिक गर्नेछन्।

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

गठबन्धनको जितपछि विकासले उचाइ लिन्छः किशोरसिंह राठौर

मुलुकको विकास र समृद्धिका लागि काँग्रेससहितको गठबन्धनले जित्नैपर्ने उनको भनाइ छ। स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसका जनप्रतिनिधीले गरिरहेको अवस्थामा विकास र समृद्धिका लागि आसन्न निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा पनि नेपाली काँग्रेससहितको गठबन्धनलाई जिताउनुपर्ने राठौंरले जोड दिए।

चुनाव जित्नु नै मेरो लागि पहिलो महत्वपूर्ण कुरा: काँग्रेस नेता केसी

शनिबार काठमाडौँमा आयोजित जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमबाडौँवासी सोलुखुम्बुका मतदाताहरुलाई चुनाव अगावै आगामी निर्वाचनमा भोट हाल्न पठाइदिन काठमाडौंस्थित पार्टी समन्वय समितिहरुलाई निर्देशन दिएका हुन्।

यसपटक पनि वञ्चित भएँ

कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपाईं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो भन्नुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्