८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेसको घोषणापत्र: पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने

नेपाली काँग्रेसले आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्‍याउने लक्ष्य राखेको छ।  

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटकको औसत बसाईलाई १३ दिनबाट १५ दिन, प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्‍याउने उल्लेख छ। साथै दैनिक पर्यटक खर्च १०० डलर पुर्‍याउने काँग्रेसको लक्ष्य छ।  

स्थापित तथा उदीयमान गन्तव्यहरु सम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने घोषणापत्रमा उल्लेख छ। पर्यटकहरुको धेरै चहलपहल हुने स्थानहरु सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ।

प्रकाशित: १२ कार्तिक २०७९ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App