२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सूचना र सञ्चार क्षेत्रमा दुई लाख युवा सहभागी गराउने काँग्रेसको लक्ष्य

नेपाली काँग्रेसले आगामी पाँच बर्ष भित्र सूचना तथा सञ्चार क्षेत्रमा दुई लाख युवा संलग्न गराउने लक्ष्य राखेको छ।  

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेका हुन्। उक्त घोषणापत्रमा डिजिटल नेपाल सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ काँग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न,प्रविधिमा पहुँच पुर्‍याई विशेष गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने नीति ल्याउने लक्ष्य राखेको। साथै गार्हस्थ कूल उत्पादनमा अनुसन्धान तथा विकासको अंश ०.३ प्रतिशत रहेकोमा यसलाइ बढाएर ०.७ प्रतिशत पुर्‍याउने घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: १२ कार्तिक २०७९ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App