८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्।

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आश

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

माओवादी र एस संघमा मिले पनि प्रदेशमा प्रतिस्पर्धा

‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधिसभा र प्रदेशसभाको रामेछाप (ख)को उम्मेदवारी निस्क्रिय बनायौं,’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो। त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ।’

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भंग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

कांग्रेसका केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो। विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो।

जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छः नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्।

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो: प्रधानमन्त्री देउवा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताए।

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छः नेता सिंह

'संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ', नेता सिंहले भने, 'निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ। यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ।,'

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन्।

लुम्बिनी प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने काँग्रेस लुम्बिनी प्रदेशको घोषणा

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले कृषि,पर्यटन,उद्योग,व्यापार,उर्जा तथा सिँचाइलाई प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ।

कांग्रेसले घोषणापत्र कार्यान्वयन गर्छ: डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकम कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन्।

'जनताले काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्'

'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ',

काँग्रेस र एमालेका आर्थिक एजेण्डामा फरक के?

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्