१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन्।  

लोकतान्त्रिक–बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै उनले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि ठूला साना समस्या तत्काल समाधान गर्ने बताए।  

'काठमाडौँ क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन, गर्न नचाहेर नभएको हो, निर्वाचन जितेमा यसलाई समाधान गर्ने मेरो प्रमुख काम हुनेछ', उनले भने। काठमाडौँ क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उनको भनाइ छ।

नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि आफूले पहल गर्ने बताए। रासस

प्रकाशित: १७ कार्तिक २०७९ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App