१९ माघ २०८२ सोमबार
image/svg+xml

भारत-ईयू सम्झौताले पाकिस्तानमा १ करोड रोजगारी खतरामा

भारत र युरोपेली संघ (ईयू) बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले पाकिस्तानमा रोजगारीलाई खतरामा पारेको छ र यसले अर्बौं डलरको नोक्सान हुने डर छ।

कायक स्लालोममा विजय च्याम्पियन

नेपाल र्‍याफ्ट एन्ड कायक क्लब र विजय माझी नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिपमा पहिलो भएका छन्।

ठेकेदारको लापरबाहीले चार स्थानीय तहका प्रशासनिक भवन अलपत्र

यहाँको कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी १५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो। तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन।

राष्ट्रपति पौडेल जापान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

तीन फर्मलाई ३० हजार जरिवाना

नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ।

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

‘चैत पहिलो सातासम्म नयाँ संसद् भवनको बैठक र भिआइपी कक्ष तयार हुन्छ’

सहरी विकास तथा भवन निर्माण विभागले चैत पहिलो सातासम्म फागुन नयाँ संसद् भवनको बैठक कक्ष र भिआइपी कक्ष तयार हुने जानकारी मुख्यसचिव र संसद् सचिवलायलाई गराएको छ।

एन्फा राष्ट्रिय लिग: प्लानिङ ब्वाइज र आर्मीको तेस्रो जित

गोलकिपर योगेश धिमालको उत्कृष्ट प्रदर्शनमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहारलाई हराउँदै राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ।

सशक्त सुरक्षा सवाल

निर्वाचनको बेला सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा प्रवाह हुने गलत सूचनाले मतदातालाई भ्रम फैलाउन सक्छन्। त्यतिबेला सुरक्षा निकाय यस प्रकारको डिजिटल चुनौतीलाई समेत तत्काल सम्बोधन गर्न तयार रहनुपर्छ।

उदयपुर सिमेन्ट उद्योग: ‘क्लिंकर’ खरिदमा ४६ करोड भ्रष्टाचार

सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिंकर’ मा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको तथ्य भेटिएको हो।

एपीएफ नारदमुनि गोल्डकपको सेमिफाइनलमा

गत माघ १५ गतेदेखि उदयपुरमा जारी ‘११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ का क्वाटरफाइनल खेल आइतबार सम्पन्न भएका छन्।

प्रदेशसभा सञ्चालन गर्न महानगरसँग सम्झौता

विराटनगर स्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच सम्झौता भएको छ ।

बाँके-२ : ‘नन-पोलिटिकल’ मत निर्णायक

राजनीतिक विश्लेषक जनार्दन आचार्यका अनुसार बाँके-२ मा करिब १५ देखि १८ प्रतिशत मतदाता ‘नन–पोलिटिकल’ प्रकृतिका छन्। यस्ता मतदाता कुनै एक दलप्रति स्थायीरूपमा प्रतिबद्ध हुँदैनन् र समयअनुसार यताउता भइरहन्छन्।

गगन थापा मुलुकको नेतृत्व गर्न तयारः शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्