१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष

म्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

भन्सारमा दलालकै दादागिरी

अमेरिकाबाट साथीले उपहार पठाइदिँदा नयाँबजारकी निशा अमाई जति खुसी थिइन्, उपहार लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्दा भने असाध्यै दुःखी बनिन्।

जुटेन दलीय सहमति, राष्ट्रपति अप्ठेरोमा

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरू आआफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरू आफ्ना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो।

सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस-एमालेको अडान कायमै

रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो।

पूर्वी पहाडमा पहिचानवादी दलको जोगिएन जमानत

पूर्वीपहाडमा जातीय स्वायत्तता र पहिचानका लागि भन्दै आन्दोलन चर्काएका दल चुनावैपिच्छे झन्–झन् सानो आकारमा खुम्चिँदै गएका छन् । संघीयता र जातीय पहिचान मुख्य एजेन्डा बनाएका दलहरूले देशमा संघीयता कार्यान्वयनकै लागि भएको प्रदेशसभा निर्वाचनमा चाहिँ जमानतसमेत गुमाएका छन् ।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रिय सभा गठन प्रकृयामा विवाद आएपछि प्रधानमन्त्री देउवाले बैठक डाकेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।

मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ऐतिहासिक निर्वाचन सकिएसँगै लोकतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नमा लाग्नुपर्ने बताएका छन्।

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

आगामी फागुन ११ गते रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत ‘घिन घिन मादल’ सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पत्रकार तथा फिल्म युनिटमाझ गीत सार्वजनिक गरिएको हो ।

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

दल बदल्दै निर्वाचन जित्दै

कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । तर यी सबै विजय एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दिएर राजनीतिमा होमिएका गुप्ताले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पार्टी बदल्दै मैदानमा उत्रेका छन् । पार्टी फेर्दै चुनावमा भिडेका उनका लागि सधैं जित हात लागेको छ ।

समानुपातिकमा कांग्रेस दोस्रो दल

प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने आफ्नो अवस्था सुधार गरेको छ । कांग्रेसले समानुपातिकतर्फ झन्डै साढे ३१ लाख मत पाएको छ ।

देउसी खेलेको रकमले दलितबस्तीमा वाईफाई

देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाईफाई विस्तार गरिएको छ। लितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गत तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाईफाई सेवा बिस्तार गरिएको हो।

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।

शक्ति दलालदेखि सावधान !

नयाँ संविधानअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहसमेतको निर्वाचन एकै वर्ष सम्पन्न गरेर मुलुक राज्यका सबै तहमा जनादेशप्राप्त दल र नेताहरू पुग्दै गरेको यो क्षणमा अबको सरकार, संसद् र न्यायालयको कामबारे सोच्ने बेला आएको छ । निर्वाचन परिणामपछिका केही महिना जय÷पराजयका विषयमा व्याख्या-विश्लेषण सकिएपछि सबै आआफ्ना कार्य व्यवहारमा संलग्न हुनेछन् । सरकार र विपक्षीले आआफ्नै गति र लय पनि पक्रिनेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्