८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहकारीका ३१ चिया प्रशोधन उद्योग

व्यक्तिगत लगानीमा सञ्चालित चिया उद्योगबाट हरियो चियापत्तीको उचित मूल्य नपाएपछि चिया सहकारीको पहलमा ३१ उद्योग खुलेका छन्।

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनसँगै सहकारी क्षेत्रले काम र लगानीमा परिवर्तन ल्याए समृद्धिको सपना पूरा हुने बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरद्वारा आयोजित दुईदिने कार्यशाला गोष्ठीको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उनले सहकारी बचत र ऋण लगानीबाटै माथि उठ्न ढिला गर्न नहुनेमा जोड दिए।

देशभर तीन करोड कित्ता जग्गा

नेपालमा जग्गाका कित्ता र जनसंख्या लगभग बराबरीजस्तै देखिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार व्यक्तिगत, सरकारी, सार्वजनिक र गुठी गरी देशभर तीन करोड कित्ता जग्गा रहेको छ। तर सरकारी अभिलेखमा जग्गा प्रशासन प्रणालीभित्र दर्ता नभएको ऐलानी जग्गा भने नसमेटिएको मन्त्रालयले जनाएको छ। ऐलानी जग्गाबारे यकिन तथ्यांक खोज्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता जनक जोशी बताउँछन्।

रेमिट सदस्यलाई नोबेल अस्पतालमा छुट

मोरङको ग्रामथान–२, झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् ।

सरकारका योजना कार्यान्वयन हुँदै

प्रदेश ५ सरकारले अघि सारेका योजना कार्यान्वयनका लागि मन्त्रालयहरूले कार्यालय स्थापना गरेका छन्। प्रदेश सरकार मातहतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास, उद्योग पर्यटन वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास मन्त्रालय योजना कार्यान्वयनमा जुटेका हुन्।

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

खोटाङमा सहकारीको रकम ठगी मुद्दाका आरोपितले अदालतबाट सफाइ पाएका छन्। केपिलासगढी गाउँपालिका–४, बाक्सिलास्थित रावा तावा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सरला राईलाई खोटाङ जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

६ वर्ष देखि एउटै नेतृत्व

साझा स्वास्थ्य सहकारीमा २०६८ सालदेखि एउटै नेतृत्व रहँदै आएको छ। साझा सहकारीको विनियममा हरेक वर्ष साधारण सभा बोलाउनुपर्ने र तीन–तीन वर्षको अन्तरालमा चुनावी साधारण सभा बोलाउनुपर्ने व्यवस्था छ।

साझा सहकारीका पाँच कर्मचारी निलम्बित

साझा स्वास्थ्य सहकारीमा भएको आर्थिक अनियमिता सार्वजनिक भएपछि व्यवस्थापन पक्षले अनियमतामा संलग्न पाँच कर्मचारीलाई निलम्बन गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनका आधारमाउनीहरूलाई निलम्बन गरिएको हो। निलम्बनमा पर्ने कर्मचारीहरूमा नीरप्रासद काफ्ले, बाबुराम भण्डारी, आशुतोष अधिकारी, गजेन्द्र कार्की र कृष्ण शिवाकोटी छन्।

महिला सहकारीलाई तीन लाख मुनाफा

हिमालचुली सृजनशील महिला बचत तथा ऋण सहकारी संस्थाले तीन लाख मुनाफा आर्जन गरेको छ। सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीमा रहेको सहकारीले आर्थिक वर्ष ०७४/७५ मा तीन लाख नौ हजार तीन सय २२ रुपैयाँ मुनाफा आर्जन गरेको हो।

२३ वर्षदेखि पेस्की फछ्र्योट भएन

आफ्ना सदस्यसहित सर्वसाधारणलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यबाट सञ्चालनमा ल्याइएको साझा स्वास्थ्य सहकारीमा २५ वर्षदेखि चरम अनियमितता हुँदै आएको पाइएको छ। राष्ट्रिय सहकारी विकास बोर्डको ६५ प्रतिशत सेयर लगानी रहेको साझाका निर्देशक तथा कर्मचारीहरूले लामो समयदेखि पेस्की लिँदै आए पनि अहिलेसम्म्म फछ्र्योट गरेका छैनन्।

जग्गा बाँझो नराख्न सामूहिक खेती गरौं : मन्त्री लामा

प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबादोर्जे लामाले सामूहिक खेतीमा जोड दिनुपर्ने बताएका छन्। सामूहिक खेतीको अवधारणा अघि बढाउन प्रदेश सरकारले कार्यविधि पास गरेको जानकारी उनले दिए। कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार भरतपुरमा उद्घाटन गर्दै मन्त्री लामाले यस्तो जानकारी दिएका हुन्। उनले सरकारले सामूहिक खेतीलाई प्रोत्साहन गर्ने पनि बताए।

पेट्रोल पम्प सञ्चालन गर्दै सहकारी संघ

जिल्ला सहकारी संघ, चितवनले सञ्चालन गर्न लागेको पेट्रोल पम्प निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघले एक वर्ष पूर्वाधार निर्माण गर्ने काम सुरु गरेको थियो। करिब पाँच करोड रुपैयाँमा निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने योजना अनुसार काम सुरु गरिएको संघका अध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए।

दाङमा पनि छुर्पी उत्पादन सुरु

दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ। लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो।

सहकारीमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड

सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा प्रयोग गरेर उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने सहकारीका सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औं साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सहकारीकर्मीदेखि सरकारी अधिकारीले दैनिक जीवनमा प्रयोग हुने वस्तु विदेशी आयातमा निर्भर हुँदा मुलुकको व्यापार घाटा बढेकोमा चिन्ता व्यक्त गरे।

‘तेस्रो मुलुकबाट पनि रासायनिक मल ल्याउने व्यवस्था मिलाऊ’

सरकारले भारतसँग जिटुजी (दुई सरकारबीच) सम्झौता गरेर रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाइरहेका बेला संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भारतसहित तेस्रो मुलुकबाट पनि रासायनिक मल खरिद गर्न निर्देशन दिएको छ। भारतबाट दिगो व्यवस्थापन गरी मल आयात गर्न र तेस्रो मुलुकबाट आयात गर्ने मलका लागि बन्दरगाहको सहजीकरणमा भारतसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्