७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

रेमिट सदस्यलाई नोबेल अस्पतालमा छुट

काठमाडौं – मोरङको ग्रामथान–२, झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् । सहकारीका सदस्यलाई १५ प्रतिशत सहुलियत उपलब्ध गराउने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको हो । नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा र सहकारीका अध्यक्ष उमा घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सो सहकारीमा नौ सयभन्दा बढी सदस्य आवद्ध छन् । यसअघि झापाको साहारा नेपाल र नोबेल अस्पतालबीच पनि उपचार सहुलियत सम्झौता भएको थियो । नोबेल अस्पताल र विभिन्न संस्थाबीच उपचार सहुलियत सम्झौता भएको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App