८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अब सहकारीमा पनि सूचना अधिकारी अनिवार्य !

राष्ट्रिय सूचना आयोगले सहकारी संस्थामा सूचना अधिकारी हुनुपर्ने जनाएको छ। ‘अब सहकारीमा सूचना अधिकारी तोकेकै हुनुपर्छ। हरेक सूचना सार्वजनिक गरेकै हुनुपर्छ’, शुक्रवार राजधानीमा सहकारी पत्रकार समाज र सहकारी विभागद्वारा संयुक्त रुपमा आयोजित सहकारीमा सूचनाको हक विषयक छलफल कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भने। सहकारीले आफूले गरेका गतिविधि सार्वजनिक गर्नुपर्ने उनको भनाई छ।

नियमावली नआउँदा सहकारी क्षेत्रमा अन्योल

सरकारले सहकारी नियमावली नल्याउँदा यस क्षेत्रमा अन्योल बढेको छ। सहकारी ऐन, २०७४ आएको एक वर्ष पूरा भए पनि नियमावली नआउँदा अन्योल बढेको हो। नियमावली नल्याउँदा सहकारीलाई दिने छुट, सुविधा, सहुलियत, एकीकरण, विघटन तथा दर्ता खारेज, बचत तथा कर्जा सुरक्षण कोष, स्थिरीकरण कोष खडा गर्ने, कर्जा सूचना केन्द्र स्थापना, कर्जा असुली न्यायाधीकरण लगायत विषय अस्पष्ट छ।

नमुना सहकारी खेतीमार्फत समृृद्धिको सपना

गौरादह–५ का अर्जुन खतिवडाले आफूसँग भएको खेत २५ वर्षका लागि एकीकृत नमुना सहकारी खेतीलाई दिएका छन्। अहिले उनीसँग तरकारी खेतीका लागि अलिकति बारी मात्रै छ। आफ्नै खेतमा काम गरे पनि घन्टाको हिसाबले भुक्तानी पाउँछन्।

रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू

एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गाैलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन्। सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरेको हो।

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई, उप्रेतीले विदा लिए

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक केबी उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हटेका छन्। बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उनले प्रबन्धकीय जिम्मेवारीबाट विदा लिएका हुन्। सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो।

एयरटेल सहकारीका प्रबन्ध निर्देशक पक्राउ

सर्वसाधारणले बचत गरेको करिब ५० करोड रुपैयाँ लिएर भागेका काठमाडौं, न्युरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक अशोक गोयल जैनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। उनलाई हालसालै पक्राउ गरेको प्रहरीले जनाएको छ।

दूधको बजार व्यवस्थापनमा अब्बल बन्दै दुग्ध सहकारी

बाराको डुमरबानाका किसान जीवनकुमार भट्टराईले वार्षिक १३ लाख रुपैयाँको दूध उत्पादन गर्छन्। भट्टराईलाई दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन।

सहकारीमार्फत समृद्धि सम्भव

सहकारीका सरोकारवालाले सहकारीमार्फत मुलुकको आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। सहकारीको माध्यमबाट विचौलियाको अन्त्य गर्दै विपन्न समुदाय र उपभोक्तालाई राहात दिनुपर्ने बताए।

ओरेन्टलका बस्नेतबाट पौने १७ अर्ब असुल्नुपर्ने

सर्वसाधारणलाई ठगेका ओरेन्टल ऋण तथा बचत सहकारी संस्थाका सञ्चालक सुधिर बस्नेतबाट पीडितको पौने १७ अर्ब रुपैयाँ असुल उपर गर्नुपर्ने भएको छ।

सिक्टा तथा भेरी बबई आयोजना अध्ययन प्रतिवेदन पारित

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा तथा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अध्ययन प्रतिवेदन पारित गरेको छ । समितिको मंगलबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदन पारित गरेको हो ।

समृद्धिका लागि सहकारीले ठुला उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सरकारको तीन खम्बे अर्थ नीतिमध्ये एउटा रहेको सहकारीले ठुल्ठुला उद्योग खोल्नुपर्ने बताएका छन्। मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको शुक्रबार हेटौंडामा २६ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवको उद्घाटन गरेपछि उनले अब सहकारीलाई कोठामा थुनेर राख्न नहुनेमा जोड दिए।

‘सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक’

‘कोपोमिस कार्यान्वयनमा ल्याउन सहकारीकर्मी उत्साहित छन्, विभाग तथा मन्त्रालयले नै कार्यान्वयन गर्न जोड दिनुुपर्छ, सरोकारवाला निकायको समन्वयबाट मात्र कोपोमिस कार्यान्वयन सम्भव छ।’

सहकारीमार्फत कृषिमा ५४ अर्ब लगानी

कृषिमा सहकारीको लगानी बढेको छ । मुलुकमा कृषि सहकारी खोल्ने क्रम बढेसँगै कृषि क्षेत्रमा यसको लगानी करिब ५४ अर्ब रुपैयाँ पुगेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ।

चाइना ट्रेडको सेयर पुँजी १४५ लाख

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक वर्षको अवधिमा सेयर पुँजी करिब एक करोड वृद्धि गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा संस्थाको सेयर पुँजी आठ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्