८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

हरिवनको २०औं साधारण सभा

सर्लाही – हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारण सभा आइतबार सम्पन्न भएको छ।

हरिवन नगरपालिका–८, चापिनीस्थित सहकारीको आफ्नै कार्यालय भवन परिसरमा अध्यक्ष कृष्णा पौडेलको अध्यक्षता एवं मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यता र उपमेयर रेणुका पौडेलको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्नभएको हो । सभामा वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, संस्थाका लेखा समिति संयोजक भरतकुमार कार्की, सेयर सदस्य रामप्रसाद घिमिरे लगायतले शुभकाम नामन्तव्य राखेका थिए।

संस्थाका सचिव रविन्द्रकुमार भट्टराईको सञ्चालन रहेको कार्यक्रममा मुद्दती खाताधारी, बालबचत, उत्कृष्ट कर्जा, ज्येष्ठ सेयर सदस्यमध्ये एकजना पुरुष र एक महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।  सात सय ७९ सेयर सदस्य रहेको संस्थाले आव २०७४÷७५ मा ६ करोड ८४ लाख ६९ हजार नौ सय ९१ रुपैयाँको कारोबार गरेको छ।

प्रकाशित: ३ मंसिर २०७५ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App