८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

महिला सहकारीलाई तीन लाख मुनाफा

सोलुखुम्बु – हिमालचुली सृजनशील महिला बचत तथा ऋण सहकारी संस्थाले तीन लाख मुनाफा आर्जन गरेको छ। सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीमा रहेको सहकारीले आर्थिक वर्ष ०७४/७५ मा तीन लाख नौ हजार तीन सय २२ रुपैयाँ मुनाफा आर्जन गरेको हो।

सहकारीको ११औं साधारण सभामा सेयर सदस्यलाई गत आवको आयव्ययबारे जानकारी गराइएको छ। ३१ लाखभन्दा बढी पुँजी रहेको सहकारीले होटल, कृषि र पशुजन्य व्यवसायमा लगानी गर्दै आएको छ। सहकारीले आर्जित नाफाबाट झन्डै ५० प्रतिशत रकम सेयर सदस्यलाई वितरण गरेको छ। ब्याजबाट भएको आम्दानी एक लाख ३१ हजार चार सय २० रुपैयाँ र लाभांशवापत ११ हजार चार सय ५४ रुपैयाँ सेयर सदस्यलाई वितरण गरेको सहकारी अध्यक्ष कुमारी कार्कीले जानकारी दिइन्।

एक सय ६७ सेयर सदस्य रहेको सहकारीमा २० वटा महिला समूह आबद्ध रहेका छन्। चालु आवमा सेयर सदस्य दुई सय ५० र सेयर पुँजी पाँच लाख पुर्‍याउने लक्ष्य राखिएको छ। महिलाको शसक्तीकरण र आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले २०६४ मा स्थापना गरिएको सहकारीले सहकार्यको भावना वृद्धि गर्दै आयआर्जनका क्रियाकलापमा सहयोग गर्दै आएको अध्यक्ष कार्कीले बताइन्।

प्रकाशित: १८ माघ २०७५ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App