विनाशको कारक बन्दै विकासे सडक
यसका साथै हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकका कारण स्थानीयले भोग्नुपरेको सास्तीले सडक आवश्यक तर सकस पनि त्यत्तिकै भन्न थालेका छन्। असार अन्तिममा परेको अबिरल वर्षाका कारण ओखलढुंगामा मानवीय र भौतिक क्षति दुवै ग-यो।
यसका साथै हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकका कारण स्थानीयले भोग्नुपरेको सास्तीले सडक आवश्यक तर सकस पनि त्यत्तिकै भन्न थालेका छन्। असार अन्तिममा परेको अबिरल वर्षाका कारण ओखलढुंगामा मानवीय र भौतिक क्षति दुवै ग-यो।
दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ।
एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ।
खानेपानीलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्न सांसदले आग्रह गर्दै खानेपानीको पहुँचलाई विस्तार गर्न सुझाव दिएका छन्।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकासका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको बताएका छन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिएका छन्। मन्त्री खनालले जलवायु परिवर्तनले बिउविजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता निरन्तर मुलुकमा विकासले गति लिएको दाबी गरिँदै आएको छ। गणतन्त्रपछिको दुई तिहाइ बहुमतको बलियो सरकारको एक आर्थिक वर्षका तथ्यांकले जनअपेक्षाअनुसार काम भएको देखाएका छैनन्। सरकारका कामको उपलब्धि त्यसैभित्रका निकायले सार्वजनिक गरेका तथ्यांकले पुष्टि गर्ने हो। देशको अर्थतन्त्रका गतिविधिको तथ्यांक राख्ने नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत वर्षको उपलब्धिलाई हेर्दा सरकार आर्थिक वृद्धिबाहेक अरू सबैमा चुकेको देखिन्छ। अर्थमन्त्री युवराज खतिवडाले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर गत वर्षको बजेट बनाएका थिए। यथार्थमा यो वृद्धि ७.१ प्रतिशत भएको छ। यसमा कृषि क्षेत्रको ५, उद्योगको ८.२ तथा सेवा क्षेत्रको ७.३ प्रतिशतको योगदान छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि काम भएका वर्षहरूमा यस्तै वृद्धि भएका उदाहरण छन्। वास्तवमा आर्थिक वृद्धिका दृष्टिले त्यो कालखण्ड सुनौलो रहेको छ। अहिलेको उपलब्धि जनआकांक्षाअनुरूप हुन सकेको छैन। दुई तिहाइको सरकारले योभन्दा बढी काम गर्न सक्नुपथ्र्यो। जनताको चाहना त्यही हो।
दक्षिण पूर्वी एसियाली देश मलेसिया विकसित होइन विकासशील मुलुक हो। विकासका सिद्धान्तहरूको कसीमा राखेर हेर्दा भर्खर यसले उडान सुरु गरे पनि परिपक्वता प्राप्त गर्न बाँकीछ। त्यसैले युरोप र अमेरिका जस्ता विकसित मुलुकको पङ्तिमा उभिन यसले हजारौँ माइल यात्रा गर्नुपर्ने देखिन्छ। तथापि सन् १९७० सम्म आन्तरिक द्वन्द्वमा रहेको कृषिप्रधान देश मलेसियाले आज विकास र आधुनिकीकरणमा लोभलाग्दो छलाङ मारेको छ। बहुराष्ट्रिय कम्पनीहरूको विशाल उपस्थिति, सडक, रेल र हवाई यातायातमा भएको गुणस्तरीय विकास र विस्तार, निर्यातमुखी अर्थतन्त्र तथा देशभरि ठडिएका गगनचुम्बी भवनहरूले देश विकासको उदाहरण पेश गरेका छन्।
देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वाधार निर्माण तथा घरको निर्माणमा इँटा उद्योगको महत्वपूर्ण योगदान रहेको बताएका छन्। नेपाल इँटा उद्योग महासंघको ११ औँ वार्षिक साधारणसभालाई रौतहटको चन्द्रपुरमा सम्बोधन गर्दै मन्त्री यादवले इँटा उद्योगलाई नयाँ प्रविधियुक्त र वातावरणमैत्री बनाएर लैजान उद्योगीहरु तयार भए मन्त्रालय समन्वय गर्न र उद्योगीका अन्य समस्या समाधानका लागि तयार रहेको स्पष्ट पारे।
डिजाईन, स्टमेट डोजरका लागि गरिएको र कामको मूल्याकंनपनि प्रतिवेदनमा डोजरकै गरिएको भएपनि भुक्तानी पक्रियाका लागि मात्र मान्छेको दैनिक ज्याला देखाएर गरिएको महालेखा परिक्षकको कार्यालयले बताएको छ।
कृषि विकास बैंक जागिर खाने कोसिसमा रहेकी नेपालगन्जकी अंकिता केसी काठमाडौं आई निजी स्तरबाट सञ्चालित लोकसेवा तयारी कक्षा लिइरहेकी छिन्। अहिलेसम्म उनको २० हजार रुपैयाँ खर्च भइसकेको छ। महिला विकास अधिकृत बन्न लोक सेवा भरेकी तेह्रथुमकी ममता अर्याल पनि तयारी कक्षामा जुटिरहेकी छिन्। उनले पनि तयारीकै लागि ३५ हजार रुपैयाँ खर्च गरिसकेकी छन्। लोकसेवा तयारी कक्षाकै लागि भनेर काठमाडौं आउने अंकिता र ममता मात्र होइनन्, अरू धेरै छन्।
ओझेलमा पारिएको यस क्षेत्रको चौतर्फी विकासका लागि सिम्रौनगढ नगरपालिकाले अहिले सडक सञ्जाल बढाउनेदेखि सम्पदाको संरक्षण, ऐतिहासिक तथा पुराताŒिवक धरोहरहरूको पुनर्निर्माण र भौतिक संरचना निर्माणमा विशेष ध्यान दिएको छ।
प्रतिनिधिसभाको विकास समितिमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईलाई प्रश्नहरुको वर्षा भएको छ। विकास समितिको आइतबार बसेको बैठकमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा सहर उन्मुख गाउँहरुलाई नयाँ व्यवस्थित सहर बनाउने सरकारको योजना कहाँ पुग्यो भनेर सहरी विकासमन्त्रीसँग जवाफ लिने कार्य सुची थियो।