गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्छुः मन्त्री राई
सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन सहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्ने बताएका छन्।
सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन सहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्ने बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरीस्थित ग्वारखोलाले खानै थालेको बस्ती जोगाउन अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा तटबन्धको योजना बन्यो। उपभोक्ता समितिमार्फत बनेको उक्त तटबन्ध योजना बनेको केही समयमै भताभुंग भयो।
शुक्रबार दिउँसो सर्लाहीकै सागरनाथ वन विकास परियोजना कार्यालय परिसरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रको सम्पूर्ण वन संरक्षण र सम्वद्र्धन गर्ने तथा १९५ हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो।
विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत विकासको लागि युवाको काँधमा जिम्मेवारी आएको बताएका छन्।
‘कर्णालीमा स्याउ, च्याउ र झ्याउसँगै कर्णालीको एउटै नदीले १५ हजार मेगावाट विद्युत उत्पादन दिन्छ’
चित्रकार लियो झन्कारले नेपाली संस्कृति र पर्यायवरणीय पक्षलाई तुलना गरेर चित्रकला कोरेका छन्। वनविनाशले वातावरणमा पारेको प्रभाव र नेपाली संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा चित्रमार्फत विचार पोखेका छन्। ‘वातावरणमा विभिन्न कारणले गरेको प्रभावका कारण हाम्रो संस्कृतिमाथि असर गर्दै गरेको भाव मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने।
एकात्मक राज्यव्यवस्था हुन्जेल भौतिक पूर्वाधार विकासको अवसर कमै मात्रै पाएको पूर्वी पहाडी जिल्ला पाँचथर संघीयता कार्यान्वयनपछि धमाधम त्यस्ता अवसर आत्मसात गर्दैछ। सानै सही, जिल्लाका विभिन्न स्थानमा भइरहेका विकास–निर्माणका कामले स्थानीयवासीमा उत्साह सञ्चार गरेको छ।
प्रदेश १ का मन्त्रालयहरूले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा प्रदेश १ का मन्त्रालयहरूले चालु आर्थिक वर्षदेखि नै असारे विकास अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ।
सम्भाव्यता अध्ययन सकिएका र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएका सातवटा जलविद्युत् आयोजना ‘आयोजना बैंक’मा थन्किएका छन्। विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन सम्पन्न गरेका चार र डिपिआर तयार भएका तीन गरी सातवटा जलविद्युत् आयोजना बैंकमा थन्किएको विभाग प्रवक्ता निशा रिजालले बताइन।
वास्तवमा हाम्रो प्रगति हामी कति सपना देख्छौँ भन्नेमा होइन, विकासप्रति हामी कति दृढ संकल्पित छौँ भन्नेमा निर्भर गर्छ।
गणितमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको न्यूनतम सिकाइ सिकेनन् भने नेपालीमा ५५ प्रतिशतले आफैं वाक्य गठन गर्न सक्दैनन्।
पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा १–३ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ। कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रम निर्माण गरिएको छ। मिल्ने विषयवस्तुसँगै पढाउने उद्देश्यसाथ केन्द्रले एकीकृत पाठ्यक्रम बनाएको हो।